मध्यरातमा भूकम्प, केन्द्रविन्दु मकवानपुर, झट्का काठमाडौंमा

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं लगायतका क्षेत्रमा विहीबार मध्यरातमा भूकम्पको झट्का महसुस गरिएको छ। मकवानपुर केन्द्र भएर बिहीबार राति १ बजेर १९ मिनेटमा भूकम्पको धक्का मापन गरिएको हो ।

बिहान १ बजेर १९ मिनेटमा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएको ४.५ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

यो धक्का ०७२ सालमा गएको विनाशकारी गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले मूलखबरलाई जानकारी दिए ।

यसको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो । मकवानपुरसहित आसपासका जिल्लामा धक्का महसुस गरिएको हो । धक्काका कारण काठमाडौंमा समेत मानिस घरबाहिर निस्किएका थिए ।

यसअघि जाजरकोट र रुकुममा पनि भूकम्पका कारण ठूलो क्षति भएको थियो। नेपालमा अहिले पनि ठूलो भूकम्पको जोखिम कायमै रहेको विज्ञहरूले बताउने गरेका छन्।