यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
निर्वाचन क्षेत्रका जनतासँग सांसद अनन्त, जनताले दिए अपार माया (फोटोफिचर). नेकपा माओवादी केन्द्रका उपमहासचिव सदस्य वर्षमान पुन मगर यतिवेला आफ्नो निर्वाचन क्षेत्र रोल्पाका जनतासँग भेटघाट गर्ने क्रममा व्यस्त बनेका छन् । तिहार र छठ जसता महत्वपूर्ण चाडपर्वको अवसरमा गाउँ पुगेका प्रतिनिधिसभा सदस्य तथा पुर्व मन्त्री अनन्त विहान सबेरैदेखि राती अबेर सम्म स्थानिय मतदाताहरुसँग भलाकुसारी गरिरहेका छन् ।. उनले निर्वाचनको समयमा जनतासँग गरेको प्रतिबद्धता अनुसार जनताका आधारभूत आवश्यकता पुरा गर्न दिनरात लागिपरेको बताएका छन् ।. सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युतीकरण, पर्यटन, कृषि, पशुपालन लगायत अन्य थुप्रै विकास निर्माणका काम भइरहेको बताउनुहुँदै दिनानुदिन जनअपेक्षा आवश्यकता बढ्दै जाने र ती समस्या समयानुकूल समाधान हुँदै जाने उनको भनाई छ ।. उनीसहित पत्नी तथा पुर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य ओनसरि घर्ती मगरले गाउँ माडि ६ कोर्चाबाङको गोरबतमामा आयोजित शुभकामना आदान प्रदान तथा बिकास निर्माणका बारेमा छलफल कार्यक्रममा सहभागि भएका थिए भने जनसरकारको पालिमा स्थापित घोर्नेटी अस्पतालको अवलोकन गर्नुका साथतै कार्यकममा सहभागि भएका थिए । निर्वाचित भएपछि स्वास्थ्य समस्याका कारण लामो समय चिनमा उपचारपछि फर्केर पटक गाउमा पुग्दा आमा बुबा गाउलेहरू निकै खुसि हुनु भएको पत्रकार मानसिंह विकले जानकारी दिए ।. उनले अनन्त र ओनसरीकै पहलमा निर्माण गरिएको मिनाहि देखि जङखोला बजबाङ हुदै पछेनधारा निम्रि सडक अबलोकन गरिएको बताए । अनन्त् केही दिनको रोल्पा बसाईपछि काठमाडौं फर्कने कार्यक्रम रहेकोे सचिवालयले जनाएको छ ।.
निर्वाचन क्षेत्रका जनतासँग सांसद अनन्त, जनताले दिए अपार माया (फोटोफिचर)
मूलखबर संवाददाता
रोल्पा, ३ मंसिर ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव सदस्य वर्षमान पुन मगर यतिवेला आफ्नो निर्वाचन क्षेत्र रोल्पाका जनतासँग भेटघाट गर्ने क्रममा व्यस्त बनेका छन् ।
तिहार र छठ जसता महत्वपूर्ण चाडपर्वको अवसरमा गाउँ पुगेका प्रतिनिधिसभा सदस्य तथा पुर्व मन्त्री अनन्त विहान सबेरैदेखि राती अबेर सम्म स्थानिय मतदाताहरुसँग भलाकुसारी गरिरहेका छन् ।
उनले निर्वाचनको समयमा जनतासँग गरेको प्रतिबद्धता अनुसार जनताका आधारभूत आवश्यकता पुरा गर्न दिनरात लागिपरेको बताएका छन् ।
सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युतीकरण, पर्यटन, कृषि, पशुपालन लगायत अन्य थुप्रै विकास निर्माणका काम भइरहेको बताउनुहुँदै दिनानुदिन जनअपेक्षा आवश्यकता बढ्दै जाने र ती समस्या समयानुकूल समाधान हुँदै जाने उनको भनाई छ ।
उनीसहित पत्नी तथा पुर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य ओनसरि घर्ती मगरले गाउँ माडि ६ कोर्चाबाङको गोरबतमामा आयोजित शुभकामना आदान प्रदान तथा बिकास निर्माणका बारेमा छलफल कार्यक्रममा सहभागि भएका थिए भने जनसरकारको पालिमा स्थापित घोर्नेटी अस्पतालको अवलोकन गर्नुका साथतै कार्यकममा सहभागि भएका थिए । निर्वाचित भएपछि स्वास्थ्य समस्याका कारण लामो समय चिनमा उपचारपछि फर्केर पटक गाउमा पुग्दा आमा बुबा गाउलेहरू निकै खुसि हुनु भएको पत्रकार मानसिंह विकले जानकारी दिए ।
उनले अनन्त र ओनसरीकै पहलमा निर्माण गरिएको मिनाहि देखि जङखोला बजबाङ हुदै पछेनधारा निम्रि सडक अबलोकन गरिएको बताए । अनन्त् केही दिनको रोल्पा बसाईपछि काठमाडौं फर्कने कार्यक्रम रहेकोे सचिवालयले जनाएको छ ।
