यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
अमेरिकामा नेपालीको देउसी भैलो, गभर्नर परे दंग. विश्वभर रहेका नेपालीहरूले स्वदेशमा मनाइने चाड पर्व भव्य रूपमा मनाउँछन्। अहिले विश्वभरका नेपालीहरूले तिहार मनाइरहेका छन्।. यसैबीच, अमेरिकाको पेन्सिलभेनिया राज्यका गभर्नर जस सापिरोले नेपालीभाषी समुदायका प्रतिनिधिहरुलाई आफ्नै सरकारी कार्यालयमा बोलाएर तिहार चाड मनाएका छन् ।. लक्ष्मीपूजाको भोलिपल्ट सांझ उनको कार्यालयमा नेपाली, नेपालीभाषी भुटानीसमुदाय र भारतीय हिन्दू समुदायका प्रतिनिधिहरुको उपस्थिति थियो ।. भुटानी समुदाय ह्यारिसवर्गका अध्यक्ष तिलक निरौलाले डिसी नेपाललाई दिएको जानकारीअनुसार, नेपालीभाषी प्रतिनिधिहरुले गभर्नर अफिसले तयार गरेको कार्यक्रमस्थलमा देउसी भैलोसमेत खेलेका थिए साथै नेपालीभाषी समुदायका किशोरीहरुले तिहार चाड विशेषको नृत्य पनि आफ्नै परम्परागत भेषभूषामा प्रस्तुत गरेका थिए ।. गभर्नर सापिरोले पेन्सिलभेनियामा नेपाली, नेपालीभाषी भुटानी तथा भारतीय समुदायसहित एशियन अमेरिकी समुदायको उल्लेख्य भूमिका भएको बताएका थिए । पेन्सिलभेनियाको विकास र समृद्धिमा सांस्कृतिक विविधाले उल्लेख्य भूमिका खेलेको भन्दै नेपालीभाषी भुटानी एवं नेपाली समुदायको प्रसंसा पनि गरेका थिए ।. तस्वीर सौजन्यः तिलक निरौला.
अमेरिकामा नेपालीको देउसी भैलो, गभर्नर परे दंग
मूलखबर संवाददाता
काठमाडौं
विश्वभर रहेका नेपालीहरूले स्वदेशमा मनाइने चाड पर्व भव्य रूपमा मनाउँछन्। अहिले विश्वभरका नेपालीहरूले तिहार मनाइरहेका छन्।
यसैबीच, अमेरिकाको पेन्सिलभेनिया राज्यका गभर्नर जस सापिरोले नेपालीभाषी समुदायका प्रतिनिधिहरुलाई आफ्नै सरकारी कार्यालयमा बोलाएर तिहार चाड मनाएका छन् ।

लक्ष्मीपूजाको भोलिपल्ट सांझ उनको कार्यालयमा नेपाली, नेपालीभाषी भुटानीसमुदाय र भारतीय हिन्दू समुदायका प्रतिनिधिहरुको उपस्थिति थियो ।

भुटानी समुदाय ह्यारिसवर्गका अध्यक्ष तिलक निरौलाले डिसी नेपाललाई दिएको जानकारीअनुसार, नेपालीभाषी प्रतिनिधिहरुले गभर्नर अफिसले तयार गरेको कार्यक्रमस्थलमा देउसी भैलोसमेत खेलेका थिए साथै नेपालीभाषी समुदायका किशोरीहरुले तिहार चाड विशेषको नृत्य पनि आफ्नै परम्परागत भेषभूषामा प्रस्तुत गरेका थिए ।

गभर्नर सापिरोले पेन्सिलभेनियामा नेपाली, नेपालीभाषी भुटानी तथा भारतीय समुदायसहित एशियन अमेरिकी समुदायको उल्लेख्य भूमिका भएको बताएका थिए । पेन्सिलभेनियाको विकास र समृद्धिमा सांस्कृतिक विविधाले उल्लेख्य भूमिका खेलेको भन्दै नेपालीभाषी भुटानी एवं नेपाली समुदायको प्रसंसा पनि गरेका थिए ।
तस्वीर सौजन्यः तिलक निरौला