यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
म्याक्सवेल म्याजिकः हारिसकेको खेलमा हाने दोहोरो शतक र जिताए पनि. अलराउन्डर ग्लेन म्याक्सवेलको दोहोरो शतकप्रेरित अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकपमा अफगानिस्तानविरुद्ध तीन विकेटको उत्कृष्ट जित निकालेको छ ।. मंगलबार भारतको मुम्बईस्थित वान्खडे रंगशालामा सम्पन्न खेलमा म्याक्सवेलले कीर्तिमानी ब्याटिङ गरेपछि अफगानिस्तानले प्रस्तुत गरेको २९२ रनको लक्ष्य अस्ट्रेलियाले १९ बल बाँकी रहँदै सात विकेट गुमाएर भेट्टायो ।. अस्ट्रेलियाको जितमा म्याक्सवेलले अविजित २०१ रन बनाए । जारी विश्वकपमा पहिलो दोहोरो शतक बनाएका म्याक्सवेलले १२८ बलमा २१ चौका र १० छक्का प्रहार गरे । अन्तर्राष्ट्रिय क्रिकेटमा यो म्याक्सवेलको अहिलेसम्मकै सबैभन्दा उच्च स्कोर हो ।. ९१-७ को नाजुक स्थितिमा ब्याटिङका लागि आएका म्याक्सवेलले आठौँ विकेटको निम्ति कप्तान प्याट कुमिन्ससँग अविजित २०२ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई अप्रत्याशित जित दिलाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आठौँ विकेटका लागि भएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो साझेदारी हो ।. म्याक्सवेलसँगै क्रिजमा जमेका कुमिन्सले १२ रन थपे । धैर्यपूर्ण ब्याटिङ गरेका उनले ६८ बल खेल्दा एक चौकामात्र प्रहार गरे । ९१ रनमा सात विकेट गुमाउँदा अस्ट्रेलियाको खातामा मिचेल मार्सले २४, ओपनर डेविड वार्नरले १८ र मार्नुस लाबुसचेग्नले १४ रन जोडे । यसबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । अफगानिस्तानका नवीन उल हक, अज्मतुल्लाह ओमरजाई र राशिद खानले समान दुई विकेट लिए ।. त्यसअघि, टस जितेर ब्याटिङमा आएको अफगानिस्तानले निर्धारित ५९ ओभरमा पाँच विकेट गुमाएर २९१ रनको योगफल खडा गरेको थियो । अफगानिस्तानका इब्राहिम जद्रानले १२९ रनको अविजित इनिङ खेले पनि टिमलाई जित दिलाउन सकेनन् । राशिद खानले ३५, रहमत साहले ३०, हस्मतुल्लाह साहिदीले २६, अज्मतुल्लाह ओमरजाईले २२ र रहमनुल्लाह गुर्बजले २१ रन जोडे ।. अस्ट्रेलियाका जस हेजलवुडले दुई विकेट लिए । मिचेल स्टार्क, ग्लेन म्याक्सवेल र एडम जाम्पाले एक-एक विकेट लिए ।. जितसँगै सेमिफाइनल प्रवेश गरेको अस्ट्रेलियाले आठ खेलबाट १२ अंक जोडेको छ । अस्ट्रेलिया तालिकाको तेस्रो स्थानमा छ । यो हारले अफगानिस्तानको सेमिफाइनल सम्भावना भने कमजोर बनेको छ । समान खेलबाट आठ अंक जोडेको अफगानिस्तान तालिकाको छैटौँ स्थानमा छ ।.
म्याक्सवेल म्याजिकः हारिसकेको खेलमा हाने दोहोरो शतक र जिताए पनि
मूलखबर संवाददाता
काठमाडौं
अलराउन्डर ग्लेन म्याक्सवेलको दोहोरो शतकप्रेरित अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकपमा अफगानिस्तानविरुद्ध तीन विकेटको उत्कृष्ट जित निकालेको छ ।
मंगलबार भारतको मुम्बईस्थित वान्खडे रंगशालामा सम्पन्न खेलमा म्याक्सवेलले कीर्तिमानी ब्याटिङ गरेपछि अफगानिस्तानले प्रस्तुत गरेको २९२ रनको लक्ष्य अस्ट्रेलियाले १९ बल बाँकी रहँदै सात विकेट गुमाएर भेट्टायो ।
अस्ट्रेलियाको जितमा म्याक्सवेलले अविजित २०१ रन बनाए । जारी विश्वकपमा पहिलो दोहोरो शतक बनाएका म्याक्सवेलले १२८ बलमा २१ चौका र १० छक्का प्रहार गरे । अन्तर्राष्ट्रिय क्रिकेटमा यो म्याक्सवेलको अहिलेसम्मकै सबैभन्दा उच्च स्कोर हो ।

९१-७ को नाजुक स्थितिमा ब्याटिङका लागि आएका म्याक्सवेलले आठौँ विकेटको निम्ति कप्तान प्याट कुमिन्ससँग अविजित २०२ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई अप्रत्याशित जित दिलाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आठौँ विकेटका लागि भएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो साझेदारी हो ।
म्याक्सवेलसँगै क्रिजमा जमेका कुमिन्सले १२ रन थपे । धैर्यपूर्ण ब्याटिङ गरेका उनले ६८ बल खेल्दा एक चौकामात्र प्रहार गरे । ९१ रनमा सात विकेट गुमाउँदा अस्ट्रेलियाको खातामा मिचेल मार्सले २४, ओपनर डेविड वार्नरले १८ र मार्नुस लाबुसचेग्नले १४ रन जोडे । यसबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । अफगानिस्तानका नवीन उल हक, अज्मतुल्लाह ओमरजाई र राशिद खानले समान दुई विकेट लिए ।
त्यसअघि, टस जितेर ब्याटिङमा आएको अफगानिस्तानले निर्धारित ५९ ओभरमा पाँच विकेट गुमाएर २९१ रनको योगफल खडा गरेको थियो । अफगानिस्तानका इब्राहिम जद्रानले १२९ रनको अविजित इनिङ खेले पनि टिमलाई जित दिलाउन सकेनन् । राशिद खानले ३५, रहमत साहले ३०, हस्मतुल्लाह साहिदीले २६, अज्मतुल्लाह ओमरजाईले २२ र रहमनुल्लाह गुर्बजले २१ रन जोडे ।
अस्ट्रेलियाका जस हेजलवुडले दुई विकेट लिए । मिचेल स्टार्क, ग्लेन म्याक्सवेल र एडम जाम्पाले एक-एक विकेट लिए ।
जितसँगै सेमिफाइनल प्रवेश गरेको अस्ट्रेलियाले आठ खेलबाट १२ अंक जोडेको छ । अस्ट्रेलिया तालिकाको तेस्रो स्थानमा छ । यो हारले अफगानिस्तानको सेमिफाइनल सम्भावना भने कमजोर बनेको छ । समान खेलबाट आठ अंक जोडेको अफगानिस्तान तालिकाको छैटौँ स्थानमा छ ।