विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाद्वारा अष्ट्रेलिया १ सय ३४ रनले पराजित

मूलखबर संवाददाता
काठमाडौं

विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई १ सय ३४ रनले पराजित गरेको छ । भारतको लखनउमा बिहीबार भएको खेलमा तीन सय १२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४० दशमलव पाँच ओभरमा एक सय ७७ रनमा समेटियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभर खेल्दै सात विकेटको क्षतिमा तीन सय ११ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि क्विन्टन डि ककले शतकीय पारी खेले । उनले एक सय छ बल खेल्दै आठ चौका र पाँच छक्काको मद्दतमा सर्वाधिक एक सय नौ रनको योगदान गरे ।


बलिङतर्फ अष्ट्रेलियाका ग्लेन म्याक्सवेल र मिचेल स्टार्कले दुई÷दुई तथा एडम जाम्पा, जोश हेजलवुड र प्याट कमिन्सले एक÷एक विकेट लिए ।

अष्ट्रेलियाका लागि सबैभन्दा बढी मार्नस लाबुसनले ४६ रन बनाए भने मिचल स्टार्कको २७, कप्तान प्याट कुमिन्सको २२ र स्टेभन स्मिथको १९ रनको योगदान रह्यो ।

जितसँगै दक्षिण अफ्रिका अङ्क तालिकामा पहिलो नम्बरमा पुगेको छ ।