इजरायलमा मारिएका नेपालीको सम्झनामा आज राष्ट्रिय शोक

मूलखबर संवाददाता
काठमाडौं

इजरायलमा हमास लडाकुको आक्रमणमा परी मारिएका १० नेपाली विद्यार्थीको सम्मानमा सरकारले आज लागि राष्ट्रिय शोकको घोषणा गरेको छ ।

आज देशका सरकारी कार्यालय र विदेशस्थित नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतक विद्यार्थीका परिवारलाई १० लाख रुपैयाँ राहत दिने पनि घोषणा भएको छ ।

इजरायलमा हमास समुहले शनिबार गरेको आक्रमणमा परि दिवंगत हुनु भएका नेपाली विद्यार्थीहरुप्रति श्रद्धाञ्जली सहित उहाँहरुको सम्झनामा अनेरास्ववियू (क्रान्तिकारी)ले सोमबार काठमाडौँमा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा सहभागीहरु । तस्बिर :किरणराज विष्ट / रासस

सुदूरपश्चिम प्रदेश सरकारले पनि जनही दुई लाख दिने निर्णय गरेको छ । उता इजरायलमा अप्ठ्यारोमा रहेका ३२ जना नेपाली विद्यार्थीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ । बंकरमा रहेका उनीहरूलाई इजरायली सेनाले उद्धार गरेको हो ।

संघीय संसदमा इजरायलमा नेपाली विद्यार्थीहरूको निधनप्रति दुःख व्यक्त गरिएको छ