रिटर्नी नेपालको लुम्बिनी भेला : युवराजको संयोजकत्वमा ५१ सदस्यीय कार्यसमिति चयन
दाङ । नेकपा माओवादी केन्द्रको भातृ संगठन रिटर्नी सेन्टर नेपाल लुम्बिनी प्रदेशको भेला शनिबार दाङको लमहीमा सम्पन्न भएको छ । रिटर्नी सेन्टर नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक निमेश कुमार ओलीको अध्यक्षतामा सम्पन्न भएको भेलाले युवराज पौडेलको संयोजकत्वमा ५१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
भेलाले सहसंयोजकमा विमल ढकाल, विशाल विष्ट, कमल बुढा, उषा पौडेल, अर्जुन रसाइली चयन गरेको छ । यसैगरी सचिवमा कृष्ण नेपाली साथै आर्थिक संयोजकमा राम प्रसाद पौडेललाई चयन गरेको छ ।
प्रदेश सदस्यहरुमा होताराम ओली, अमित चौधर , काशीराम भट्टराई, पिताम्बर गैरे, मनकुमार पुन, ओपेन्द्र झाँकीमगर, दिल बहादुर पुन, किसन बुढाथोकी, लोक बहादुर श्रेष्ठ, युवराज पुन, कल्पना जीएम, सन्दिप पाण्डे, केशव भट्टराई, दिलबहादुर सुनार लगायतका रहेका छन् ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जयपुरी घर्ती, केन्द्रीय सदस्य तथा रिटर्नी नेपालका फ्र्याक्सन इन्चार्ज लक्ष्मण पन्त, नेकपा माओवादी केन्द्र दाङ जिल्ला सचिव विश्वराज आचार्य, रिटर्नी नेपालका संयोजक देवेन्द्र सम्बाहाम्फे र सहसंयोजक सागर न्यौपाने र सचिवालय सदस्य मोहन कार्कीको उपस्थिति थियो ।
कार्यक्रमको सहजीकरण रिटर्नी नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनीका सहसंयोजक राजेन्द्र बस्यालले गरेका थिए ।