काभ्रे जिल्लाको भुम्लुमा माओवादी अभियानले ल्यायो उत्साह
काभ्रे जिल्लाको पुर्वि उत्तर क्षेत्रमा पर्ने भुम्लु गाउँपालिकामा माओवादीको रुपान्तरण अभियानले जनतामा उत्साह ल्याएको छ । भदौ १६ गतेबाट शुरु भएको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान भुम्लु गाउँपालिकाका सबै वडामा प्रभावकारी रुपमा सञ्चालन भइरहेका छन् । माओवादी केन्द्रीय समितिको बैठकले गरेको निर्णय अनुसार देशभरका ७६४३ वडामा अभियानको शुरुवात गरेको माओवादीले भुम्लुको पनि सबै वडामा भदौ १६ गते नै अभियानको उद्घाटन गरेको थियो ।
नेकपा (माओवादी केन्द्र) भुम्लु गाउँ पालिकाको १० ओटै वडामा ब्यापक जन सहभागिता र उत्साहको साथ पार्टी कार्यालय उद्घाटन भएको छ । घर घरमा माओवादी जन जनमा माओवादी भन्ने नाराको साथ जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको क्रममा भुम्लु गाउँ पालिकाको वडा नम्बर १ सापिङमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं संबिधान सभा सदस्य लक्ष्मी गुरुङले ब्यानर अनाबरण गरि वडा कार्यालय उद्घाटन गर्नुभएको थियो । उद्घाटन मन्तब्य राख्दै माननिय गुरुङले माओवादीको वडा कार्यालय अन्य राजनितिक दलको विकृति र विसंगतिको विरुद्ध लड्ने सामाजिक अड्डाको रुपमा स्थापित गरिने वताउनु भयो।उहाँ वडा नम्बर १ को कार्यालय उद्घाटन पश्चात वडा नम्बर ८ को वडा कार्यलय उदघाटन गर्न पुग्नु भएको थियो ।
त्यस्तै वडा नम्बर २ सिमथलीमा पार्टी गाउँपालिकाको इन्चार्ज जनक भण्डारीले ब्यानर वाचन गरेर वडा कार्यालय उद्घाटन गर्नु भयो। भने वडा नम्बर ३ बेखसिम्लेको कार्यालय उद्घाटन इन्चार्ज जनक भण्डारी र पालिकाको वरिष्ठ उपाध्यक्ष सुर्यदेब योन्जनले संयुक्त रुपमा ब्यानर अनाबरण गरी वडा कार्यालय उद्घाटन गर्नु भयो । वडा कार्यालय उदघाटन कार्यक्रममा माओवादी केन्द्रका जिल्ला सदस्य एवं अखिल नेपाल महिला संघ ९क्रान्तिकारी० भुम्लु गाउँ पालिकाका अध्यक्ष आशा लामाले समेत उपस्थित थियो।
त्यसै गरी वडा नम्बर ४ चौबासमा माओवादी केन्द्रका प्रदेश सदस्य नबिन तामाङले वडा कार्यालय उदघाटन गर्नु भयो, उक्त उद्घाटन समारोहमा जिल्ला सदस्य हिमाल र पालिका कमिटी कोषाध्यक्ष नम्रता लामाले शुभकामना मन्तब्य राख्नु भएको थियो भने वडा अध्यक्ष संजय तामाङले कार्यक्रमको सन्चालन गर्नु भएको थियो ।
वडा नम्बर ५ सल्लेमा पालिकाव उपाध्यक्ष प्रेमा लामाले ब्यानर वाचन गरेर वडा कार्यालय उद्घाटन गर्दै अब माओवादीले भुम्लुमा संस्थागत भ्रष्टाचार र बेतिथिको बिरुद्ध लड्ने वताउनुभयो।
त्यस्तै वडा नम्बर ६ कोलातीको वडा कार्यालय पालिका अध्यक्ष प्रेम बहादुर भुजेलले कार्यालय उदघाटन गर्नु भयो । जिल्ला कमिटी सदस्यद्वय क्रान्ति लामा र सन्त बहादुर तामाङले समेत मन्तव्य राख्नुभएको थियो। उक्त कार्यक्रममा सहिद परिवारलाई सम्मान समेत गरिएको थियो। भुजेलले वडा नम्बर ७,९ र १ण् को समेत वडा कार्यालय उदघाटन गर्नुभएको थियो । भुम्लुमा नेकपा९माओवादी केन्द्र० सबै वडाहरुमा वडा कार्यालय उद्घाटन भएको छ। काभ्रे जिल्लामा मात्र नभई बागमती प्रदेशमै जनतासँग माओवादी विशेष रुपान्तरण अभियान भुम्लु गाउँपालिकामा उत्साहजनक र फलदायी भयको स्थानीय नेता तथा कार्यकर्ताहरुको दावि छ।
अभियानको मुख्य कमाण्डरको रुप्मा इन्चार्जको भुमिका निर्वाह गरिरहनुभएकी माओवादी केन्दीय सदस्य लक्ष्मी गुरुङले अभियानले नेता कार्यकर्ता र जनतामा उत्साह ल्याएको बताउनुभयो । उहाँले निश्क्रिय अवस्थामा रहेका कमिटिहरु सक्रिय भएका र जनताहरुको समेत सहभागितामा बाटो निर्माण, सरसफाई, श्रमदान लगायतका गतिविधि भइरहेको बताउनुभयो । माओवादी साँचै रुपान्तरण भएर आउँदा जनताले माओवादीलाई साथ दिने प्रतिक्रिया अफूले पाएको उहाँले बताउनुभयो । भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर भुजेलले जनताको समस्या समाधारमा पार्टी सरकार एकतावद्ध भएर लागिरहेको र अभियानले आफूहरुलाई उत्साहित बनाएको बताउनुभयो ।