पर्यटन बढाउन नगरकाेटमा असाेज २६ देखी सडक महाेत्सव गरिँदै

मूलखबर संवाददाता
काभ्रे, १२ असाेज

पर्यटकीय गन्तव्यकाे रूपमा परिचित राजधानीकाे सबैभन्दा नजिककाे क्षेत्र नगरकाेटमा सडक महाेत्सव हुने भएको छ ।
नगरकाेट क्षेत्रकाे विकास र सम्भावनाकाे क्षेत्रमा काम गरिरहेको नगरकाेट नाल्दुम पर्यटन विकास समितिकाे आयाेजनामा यहि असाेज २६ गतेदेखि २८ सम्म सडक महाेत्सव आयोजना गरिएको हाे ।

समितिका प्रवक्ता राेहित माेक्तानका अनुसार नगरकाेटमा पहिलोपटक सडक महाेत्सव आयोजना गर्न लागिएको हाे ।  नगरकाेट घुमाैँ, नगरकोट चिनाैं भन्ने नाराका साथ आयोजना गरिएको  महाेत्सवमा सडकमै खाने, सडकमै रमाइलो गर्ने गराउने र पर्यटकलाई आकर्षित गर्ने याेजना आयाेजक समितिकाे छ । काेराेना महामारीको कारण सुस्ताएकाे नगरकाेटकाे आर्थिक गतिविधि र पर्यटनलाई गति दिन महाेत्सवकाे आयोजना गरिएको प्रवक्ता माेक्तानकाे भनाइ छ ।

महाेत्सवमा २५ वटा स्टल रहने छन् भने, राष्ट्रिय स्तरका कलाकारहरूकाे बेजाेड प्रस्तुतिसहितकाे साँस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको आयाेजकले बताएका छन् ।

कार्यक्रममा काभ्रेको  मण्डन देउपुर नगरपालिका, बनेपा नगरपालिका, भक्तपुरकाे चाँगुनारायण नगरपालिका र काठमाडौकाे साँखु नगरपालिकाका मेयरहरू सहित विभिन्न संघसंस्था र जनसमुदायको सहभागीता रहने जनाइएको छ ।