श्रीलंकामाथि १० विकेटको जीतसँगै भारत च्याम्पियन
एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ। आइतबार भएको फाइनल खेलमा घरेलु मैदान कोलम्बोको आर प्रेमदासा स्टेडियममा श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारत च्याम्पियन बनेको हो।
टस जितेर पहिले ब्याटिङमा उत्रिएको श्रीलंका १६ ओभरमै अलआउट हुँदै ५० रनमा समेटिएको थियो। जसलाई भारतले ६.१ ओभर खेल्दै भेटाएको हो। भारतलाई जिताउने क्रममा बलिङतर्फ मोहम्मद सिराज ६ विकेट लिए भने हार्दिक पान्ड्याले ३ विकेट लिए।
भारतका लागि ओपनर इशान किसानले १८ बलमा २३ रन र शुभनम गिलले १९ बलमा २७ रन बनाए।
भारतका ६ विकेट लिएका मोहम्मत सिराजले चरिथ असालङ्का, सदिरा समरविक्रमा, पथुम निसांका, दसुन शनाका र कुसल मेन्डिसलाई आउट गरेका थिए। मोहम्मद सिराजले वान डे क्रिकेटमा सबैभन्दा कम बलमा ५ विकेट लिने विश्व रेकर्डको बराबरी गरे।
नेपाल पनि सहभागी भएको एसिया कपमा नेपाल भारत र पाकिस्तानसँग पराजित भएको थियो।