एसिया कप क्रिकेटः पानीले विथोल्यो पाकिस्तान-भारतको खेल, रिजर्भ डेमा सारियो
एसिया कप क्रिकेटको सुपर फोरमा भारत र पाकिस्तानको बाँकी खेल आज सोमबार हुने भएको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २४.१ ओभरमा २ विकेट गुमाएर १४७ रन बनाउँदा पानी परेको थियो। निरन्तर पानी परेपछि खेल हुन नसक्दा खेल आज रिजर्भ डेमा हुने भएको छ।
यी दुई टिमबीचको खेल अब आज त्यही अवस्थाबाट सुरु हुनेछ। भारतीय टिमबाट हाल क्रिजमा विराट कोहली आठ र केएल राहुल १७ रनमा खेलिरहेका छन्। त्यसअघि कप्तान रोहित शर्मा ५६ र सुभमन गिल ५८ रनमा आउट भएका थिए।
पाकिस्तानका सदाब खान र साहिन साह अफ्रिदीले एक–एक विकेट लिएका थिए। सुपर फोरमा दुई अंक जोडेको पाकिस्तान तालिकाको शीर्ष स्थानमा छ। भारतको भने सुपर फोरमा यो पहिलो खेल हो।