यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
नर्वेका फरवार्ड हाल्यान्ड वर्षको उत्कृष्ट खेलाडी. म्यान्चेस्टर सिटीका फरवार्ड एर्लिङ हाल्यान्ड यूईएफ वर्ष खेलाडी चुनिएका छन् ।. बिहीबार मोनाकोमा भएको कार्यक्रममा नर्वेका फरवार्ड हाल्यान्ड वर्षको उत्कृष्ट खेलाडी चुनिएका हुन् । हाल्यान्डले अर्जेन्टिनाका कप्तान लियोनल मेसी र आफ्नै टिमका सहकर्मी केभिन डी ब्रुयनालाई पछि पारे ।. हाल्यान्ड ‘मेन्स प्लेयर अफ दी इयर’ चुनिँदा अर्जेन्टिनी कप्तान लियोनल मेसीले दोस्रो र डी ब्रुयनाले तेस्रो स्थानमा चित्त बुझाए ।. हाल्यान्डले सिटीबाट गत सिजन च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपको उपाधि जितेका थिए । गत सिजन सिटीले ‘ट्रेबल’ जित्दा हाल्यान्डले सबैखाले प्रतियोगितामा गरी कुल ५२ गोल गरेका थिए ।.
नर्वेका फरवार्ड हाल्यान्ड वर्षको उत्कृष्ट खेलाडी
मूलखबर संवाददाता
काठमाडौं
म्यान्चेस्टर सिटीका फरवार्ड एर्लिङ हाल्यान्ड यूईएफ वर्ष खेलाडी चुनिएका छन् ।
बिहीबार मोनाकोमा भएको कार्यक्रममा नर्वेका फरवार्ड हाल्यान्ड वर्षको उत्कृष्ट खेलाडी चुनिएका हुन् । हाल्यान्डले अर्जेन्टिनाका कप्तान लियोनल मेसी र आफ्नै टिमका सहकर्मी केभिन डी ब्रुयनालाई पछि पारे ।

हाल्यान्ड ‘मेन्स प्लेयर अफ दी इयर’ चुनिँदा अर्जेन्टिनी कप्तान लियोनल मेसीले दोस्रो र डी ब्रुयनाले तेस्रो स्थानमा चित्त बुझाए ।
हाल्यान्डले सिटीबाट गत सिजन च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपको उपाधि जितेका थिए । गत सिजन सिटीले ‘ट्रेबल’ जित्दा हाल्यान्डले सबैखाले प्रतियोगितामा गरी कुल ५२ गोल गरेका थिए ।