कुनै पनि पाठ चयन गर्नुहोस् र सुन्न आइकनमा क्लिक गर्नुहोस्!

अमेरिकी सेनेटका वैदेशिक मामिलाका सदस्य होलेन नेपाल आउँदै

मूलखबर संवाददाता
काठमाडौं

अमेरिकी सिनेटको वैदेशिक मामिला तथा विनियोजित उपसमिति सदस्य सिनेटर क्रिस भ्यान होलेन नेपाल भ्रमणमा आउनेभएका छन् । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना सम्झौता आउँदो १३ भदौबाट लागू हुन गइरहेका बेला होलेन नेपाल आउन लागेका हुन् । उनी एमसिसी परियोजना लागू हुने आसपास नेपालमा आउने कार्यतालिका छ । उनको भ्रमण तालिकामा अमेरिकी सहयोग परियोजनाको विषय पनि महत्वपूर्ण एजेन्डा छ ।

होलेनको सचिवालयले दिएको जानकारीनुसार उनले नेपाल, श्रीलंका र मालदिभ्सको भ्रमण गर्नेछन् । उनले नेपाल भ्रमणका क्रममा प्रमुख सरकारी अधिकारीहरू, नागरिक समाज संगठनहरू, उद्योगका नेताहरू, गैरनाफामूलक संस्था, स्थानीय दूतावासका कर्मचारीहरू र प्रत्येक राष्ट्रमा काम गर्ने अमेरिकीहरूसँग भेटघाट र छलफल गर्ने कार्यतालिका छ ।

नेपालमा रहँदा होलेनले राजनीतिक दलका प्रमुखहरूलाई भेट्नेछन् । अमेरिकाका प्रभावशाली सिनेटर रहेका होलेनले नेपाल भ्रमणमा संयुक्त राज्य अमेरिकी सहयोग परियोजनाहरू र सांस्कृतिक महत्वका स्थानहरूको भ्रमण गर्नेछन् । नेपालमा एमसिसी परियोजना लागू हुने समय तालिकाको हुन लागेको होलेनको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

राजधानी दैनिकबाट।

छान्नुहोस् र सुन्नुहोस्