सडक विभागको आग्रहः अहिले मुग्लिन-नारायणगढ सडकखण्ड प्रयोग नगर्नुस्

मूलखबर संवाददाता
काठमाडौं

मुलखबर अपडेट।

गएराति ८ बजेदेखि बन्द रहेको मुग्लिन-नारायणगढ सडकखण्ड अझै खुलेको छैन ।

मुग्लिन-नारायणगढ सडक खण्डको नाम्सि पुल नजिकै खसेको भिषण सुख्खा पहिरोका कारण सडक पुर्ण रूपमा अवरुद्ध भएको हो ।

सडक डिभिजन प्रमुखको नेतृत्वमा ईन्जिनियर, सब ईन्जिनियर, मेशिन अपरेटर, सुपरभाइजर लगायतका टोली उक्त स्थानमा अनवरत रूपमा खटिएर डिभिजनको २ वटा मेशिनबाट लगातार रूपमा अहिलेसम्म पहिरो पन्छाउने कार्य भईरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। पुर्ण रूपमा पहिरो पन्छाउन अझै समय लाग्ने अनुमान छ ।

सडक डिभिजन कार्यालयले पहिरोका कारण रोकिएका सवारीसाधन लगायत यात्रुलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ । यस्तै, आज यो सडक हुँदै यात्रा नगर्न र वैकल्पिक बाटो हुदै यात्रा गर्न आग्रह गरेको छ ।