जनमत पार्टीबाट अनितादेवी साह संघिय मामिला मन्त्री बन्दै, आज सपथ

मूलखबर संवाददाता
काठमाडौं

जनमत पार्टीका तर्फबाट अनितादेवी साह मन्त्री बन्ने भएकी छिन् । माओवादी केन्द्रकाे भागमा परेको संघीय मामिला मन्त्रालय जनमत पार्टीलाई दिने निर्णय भएपछि मन्त्री रहेका अमनलाल माेदीलाई फिर्ता गर्ने निर्णय माओवादी केन्द्रले हिजाेमात्रै गरेको थियाे ।   साहले सोमबार बिहान सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीको सपथ लिने कार्यक्रम  छ ।

सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ लिने कार्यक्रम रहेको जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले जानकारि दिए । उनले भने, “हामीले उहाँको नाम धेरै अघिदेखि पठाएका थियौँ । भोलि बिहान १० बजे राष्ट्रपति भवनमा सपथका लागि खबर आएको छ ।”

जनमत पार्टीको सचिवसमेत रहनुभएका साह समानुपातिकतर्फ प्रतिनिधिसभाको सांसद हुन् । मन्त्रालयको जिम्मेवारी पाउने खबरले आफू उत्साहित र जिम्मेवार महसुस गराएको साहले बताएकी छिन् ।