सरकारकाे विराेध हैन साथ दिन जरुरी छ : पाैडेल
सत्तारूढ दल नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सरकारले सुशासनका पक्षमा गरेकोे निर्णय र कदमहरु प्रसंसायाेग्य रहेकोले सबैले साथ दिनुपर्ने बताउनुभएको छ ।
बुधबार प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै पुर्वमन्त्री पाैडेलले यसबेला सरकारकाे विराेध भन्दा साथ दिनुपर्ने बताउनुभएको थियाे ।
नेकपा एमालेसहितका विपक्षी दलले विभिन्न अनियमितता प्रकरणमा अनुसन्धान सुरु गरेको तर जरोसम्म नपुगेको भनी प्रश्न गरिरहेका बेला सरकारको नेतृत्वकर्ता दल माओवादी सांसद पौडेलले सरकारलाई थप सहयोग आवश्यक परेको धारणा राख्नुभयाे।