म्यानपावर व्यवसायीहरू द्वारा अध्यागमनका महानिर्देशकको राजीनामा
म्यानपावर व्यवसायीहरूले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीको राजीनामा माग गर्दै आन्दोलन गरेका छन्।
महानिर्देशकको निर्देशनमा वैदेशिक रोजगारमा जान हिँडेका श्रमिकहरूलाई दुःख दिने उद्देश्यले बिना कारण शंकाको भरमा विमानस्थलबाट फर्काएको आरोप उनीहरूको छ।
आइतबार कालीकास्थानस्थित अध्यागमन विभाग घेराउ गर्दै उनीहरूले महानिर्देशक अधिकारीको राजीनामा माग गरेका हुन्।
कुवेत तथा जोर्डन हिँडेका श्रमिकहरूको भिसालगायत कागजात शंकास्पद भएको भन्दै अध्यागमन कार्यालयले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काएको थियो। वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारीका लागि आवश्यक सबै कानुनी प्रकृया गरेर हिँडेका १९० श्रमिकलाई विमानस्थलबाटै फर्काइएको बताए। यस्तै अध्यागमनले भने श्रमिकहरूको कागजात शंकास्पद भएका कारण फर्काइएको बताउँदै आएको छ।