समाजवादी माेर्चा घाेषणाले कांग्रेस तर्सिँदैन : पाैडेल

मूलखबर संवाददाता
काठमाडौं, ५ असार

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले समाजवादी मोर्चा बनाउँदैमा कांग्रेस नतर्सिने बताउनुभएको छ ।

मंगलबार संसदबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले समाजवादी मोर्चाबाट कांग्रेस नतर्सिएको बताउनुभएको हो । उहाँले अब एमालेसहितको कम्युनिष्ट एकताको सम्भावना नरहेको समेत स्पष्ट पार्नुभयो ।

उहाँले एमालेसँग दुरी बढाउनका निम्ति अरु कम्युनिष्ट नेताले समाजवादी मोर्चा घोषणा गरेको बताउनुभयो । उहाँले समाजवादी मोर्चासँग आशंका गरेर कांग्रेस सरकारबाट नबाहिरिने बताउनु भयो । उहाँले विधि विधानले व्यवस्था गरेबमोजिम पार्टी सञ्चालन हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अब एमालेसहितको कम्युनिष्ट एकताको सम्भावना अब रहेन, एमालेसँग दुरी बढाउनका निम्ति अरु कम्युनिष्ट नेताहरुले यो गरेका हुन् । यो मोर्चा बनाएपछि सरकार फेरिने, कांग्रेस त्यसमा आशंका गरेर बाहिरिने स्थिति बन्छ भन्ने लाग्दैन । हाम्रो भाषण कम छ तर वैचारिक बहस पनि कम भएको छ । विधि विधानले व्यवस्था गरेबमोजिम पार्टी चल्नुपर्छ । बैठक नियमित ढंगबाट बस्नुपर्छ । जुन विषयमा निर्णय गर्नुपर्नेछ, त्यो निर्णय सभापति र उहाँले मन पराएका दुई चार जना मात्रै बसेर गर्नु भएन । कार्य सम्पादन, केन्द्रीय समितिहरु पनि त्यसमा सहभागी हुनुपर्छ ।’’

सांसद पौडेलले पार्टीबाट गरिने निर्णय सभापति र सभापतिका नजिकका केही नेतामात्रै बसेर गर्न नहुने बताउनुभयो ।