आईपीओ निष्कासन गर्दै अपर स्याङ्गे हाइड्रोपावर
अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। सेबोनको अनुमतिसँगै कम्पनीले स्थानीय र सर्वसाधारणका लागि ८ करोड ७० लाख रुपैयाँ बराबरको १०० अंकित दरका कुल ८ लाख ७० हजार कित्ता आईपीओ बिक्री गर्नेछ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।