जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय

मूलखबर संवाददाता
काठमाडौं

सरकारले देशका सबै ठाउँमा जग्गाको कित्ताकाट खोल्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले देशैभर जग्गाको कित्ताकाट खोल्ने निर्णय गरेको हो। पहिले भू-उपयोग नियमावली जारी भएपछि वर्गीकरण गरेर मात्रै जग्गा कित्ताकाट गर्न पाउने व्यवस्था गरिएको थियो । स्थानीय तहहरुले जग्गाको वर्गीकरण गर्न नसकेपछि कित्ताकाट रोकिएको थियो ।

कित्ताकाट रोकिँदा घरजग्गामा भएको लगानी फ्रिज हुँदा अर्थतन्त्र चलायमान हुन नसकेको कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै बताएका थिए भने उनले पूरानै अवस्थाबाट कित्ताकाट खोल्ने बताएका थिए । सरकारले सोही अनुसार वर्गीकरण बिना नै जग्गाको कित्ताकाट खोलेको छ ।