लोसपाले बारा–२ मा उपेन्द्र यादवलाई सघाउने
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले बारा–२ मा हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ ।
उपनिर्वाचनमा उम्मेदवार बनेका जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पाँच दलीय गठबन्धनको तर्फबाट लोसपाले सघाउने निर्णय भएको उक्त पार्टीका कार्यकारिणी सदस्य केशव झाले जनाएका छन ।
उनले भनाइ अनुशार, ‘बारा–२ मा पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार जसपाका अध्यक्ष उपेन्द्र यादव रहने निर्णय गरेसँगै लोसपा पनि गठबन्धनकै निर्णय अनुसार जाने भएको छ ।’ यसअघि लोसपाबाट वरिष्ठ नेता राजेन्द्र महतोको उम्मेदवारी दिने चर्चा थियो ।
यस्तै कार्यकारिणी समितिको बैठकमा पनि यो विषयमा छलफल भएको थियो । कार्यकारिणी समितिको बैठकमा समेत नेता महतोले आफू बाराबाट चुनाव लड्ने कुरा राखेको र पछिल्लो समय पाँच दलीय गठबन्धनले साझा उम्मेदवार उपेन्द्र यादवलाई नै बनाउने भएपछि उनी पछाडि हटेको स्रोतले जनाकारी गराएको छ ।