यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
माओवादी सांसद भट्टराई टाेल टाेलमा मतदाता भेट्दै. तपाईंले कुनै सांसदले टाेल टाेलमा पुगेर मतदाता भेटघाट गर्न हिँडेकाे देख्नुभएकाे छ? सुन्नुभएकाे छ । सायद नहाेला । तर यहाँ त्यस्तै भएको छ ।. रौतहट क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित मधेस प्रदेशसभा सदस्य माननिय युवराज भट्टराई ‘समिर’ले आफ्ना क्षेत्रका नागरिकलाई उनीहरुकै टोलटोलमा गएर भेटघाट गर्ने अभियान चलाएका छन् ।. चुनाव जितेर गएरपछि नेताहरु फर्केर नआउने प्रवृत्ति देखेका र भाेगेका राैतहटका मतदाताहरू छक्क परेका छन् । कमरेड समीर नामले परिचित नेकपा माओवादीका युवा नेता केन्द्रीय सदस्य र जिल्ला इन्चार्ज समेत रहेका सांसद भट्टराईले नागरिकको गुनासो चिर्न अहिले आफ्नो क्षेत्रका विभिन्न टोलहरुमा गएर नागरिकसँग विकास निर्माण लगायतका विषयमा अन्र्तक्रिया गरिरहेका छन् ।. उनी भन्छन् -म जनताका कुरा बढि सुन्छु, समस्याको पहिचान गर्छु, चुनावमा उठाएका एजेन्डाहरूकाे वर्तमानको अवस्था जानकारी लिन्छु र सक्ने कुराहरू गर्ने प्रतिवद्वता जनाउँछु । उनले सांसद भएपछि ४ महिनामा थुप्रै विकास सम्वन्धि काम शुरू गरेका छन्, केही सम्पन्न हुने दिशामा छन् ।. अहिले नयाँ वजेट निर्माणको चरण भएकाले नागरिकका समस्याहरुका विषयमा अन्र्तक्रिया गर्ने, समस्याहरु बुझ्ने र त्यहीँ अनुसार वजेट निमार्ण गर्ने गरी नागरिक भेटघाटलाई तिब्रता दिएको भट्टराईको भनाइ छ ।. आफूहरुले मत दिएर जिताएका जनप्रतिनिधिहरु जितेर गएपछि नागरिकलाई चट्टक्क बिर्सेर हराउने, उनीहरुको समस्या, गुनासा नसुन्ने, भेट्नै गाह्रो हुने जनगुनासोलाई चिर्दै आफु ५ वर्ष नागरिककै घरआँगनमा नागरिकका कुराहरु सुन्दै क्षेत्रको समग्र विकासमा योगदान पुर्याउने उनले प्रतिवद्धता व्यक्त गरे ।. ‘मैले भोट माग्न आउने क्रममा नागरिकहरुसँग आफु निरन्तर नागरिकको बीचमै रहने, भेटघाट गरिरहने वाचा गरेको थिए’ उनले भने, ‘मैलै आफ्नो सो वाचालाई पुरा गर्दैछुँ । म आफ्नो कार्यकालभरी यसलाई निरन्तरता दिइरहनेछुँ।’. नेताहरु चुनाव जितेर गएपछि अर्को चुनावसम्म हराउने प्रवृतिबाट दिक्क भएका नागरिकहरुलाई प्रदेश सभा सदस्य भट्टराईको यो कदमबाट केही आश जगाएको स्थानियको बुझाइ छ ।. भट्टराईले कम्तिमा ६ महिनामा १ टाेलमा दाेहाेर्याएर पुग्ने याेजना बनाएका छन् । चुनावमा उठ्दै गर्दा प्रारम्भिक अाँकडामा पराजित हुन सक्ने अवस्थालाई उनले परिणाममा ५ हजार बढिकाे मतान्तरमा निर्वाचन जित्न सफल भएका थिए ।. उनले प्रत्येक दिन न्युनतम २ टाेलमा पुगेर भेटघाट गरिरहेका छन् । संसद बैठक बाहेक अन्य दिन टाेल भेटघाट र जनताकै साथमा रहने उनको याेजना छ ।. सांसद भट्टराईकाे टाेल भेटघाटले मतदाताहरू अचम्मित भएका छन्, बिरू अन्सारी भन्छन्- `हामीले यस्तो पनि हाेला भनेर साेचेका थिएनाैं, असाध्यै खुसि लागेकाे छ । ´.
माओवादी सांसद भट्टराई टाेल टाेलमा मतदाता भेट्दै
मूलखबर संवाददाता
काठमाडौं
तपाईंले कुनै सांसदले टाेल टाेलमा पुगेर मतदाता भेटघाट गर्न हिँडेकाे देख्नुभएकाे छ ? सुन्नुभएकाे छ । सायद नहाेला । तर यहाँ त्यस्तै भएको छ ।
रौतहट क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित मधेस प्रदेशसभा सदस्य माननिय युवराज भट्टराई ‘समिर’ले आफ्ना क्षेत्रका नागरिकलाई उनीहरुकै टोलटोलमा गएर भेटघाट गर्ने अभियान चलाएका छन् ।
चुनाव जितेर गएरपछि नेताहरु फर्केर नआउने प्रवृत्ति देखेका र भाेगेका राैतहटका मतदाताहरू छक्क परेका छन् । कमरेड समीर नामले परिचित नेकपा माओवादीका युवा नेता केन्द्रीय सदस्य र जिल्ला इन्चार्ज समेत रहेका सांसद भट्टराईले नागरिकको गुनासो चिर्न अहिले आफ्नो क्षेत्रका विभिन्न टोलहरुमा गएर नागरिकसँग विकास निर्माण लगायतका विषयमा अन्र्तक्रिया गरिरहेका छन् ।

उनी भन्छन् -म जनताका कुरा बढि सुन्छु, समस्याको पहिचान गर्छु, चुनावमा उठाएका एजेन्डाहरूकाे वर्तमानको अवस्था जानकारी लिन्छु र सक्ने कुराहरू गर्ने प्रतिवद्वता जनाउँछु । उनले सांसद भएपछि ४ महिनामा थुप्रै विकास सम्वन्धि काम शुरू गरेका छन्, केही सम्पन्न हुने दिशामा छन् ।
अहिले नयाँ वजेट निर्माणको चरण भएकाले नागरिकका समस्याहरुका विषयमा अन्र्तक्रिया गर्ने, समस्याहरु बुझ्ने र त्यहीँ अनुसार वजेट निमार्ण गर्ने गरी नागरिक भेटघाटलाई तिब्रता दिएको भट्टराईको भनाइ छ ।

आफूहरुले मत दिएर जिताएका जनप्रतिनिधिहरु जितेर गएपछि नागरिकलाई चट्टक्क बिर्सेर हराउने, उनीहरुको समस्या, गुनासा नसुन्ने, भेट्नै गाह्रो हुने जनगुनासोलाई चिर्दै आफु ५ वर्ष नागरिककै घरआँगनमा नागरिकका कुराहरु सुन्दै क्षेत्रको समग्र विकासमा योगदान पुर्याउने उनले प्रतिवद्धता व्यक्त गरे ।
‘मैले भोट माग्न आउने क्रममा नागरिकहरुसँग आफु निरन्तर नागरिकको बीचमै रहने, भेटघाट गरिरहने वाचा गरेको थिए’ उनले भने, ‘मैलै आफ्नो सो वाचालाई पुरा गर्दैछुँ । म आफ्नो कार्यकालभरी यसलाई निरन्तरता दिइरहनेछुँ।’
नेताहरु चुनाव जितेर गएपछि अर्को चुनावसम्म हराउने प्रवृतिबाट दिक्क भएका नागरिकहरुलाई प्रदेश सभा सदस्य भट्टराईको यो कदमबाट केही आश जगाएको स्थानियको बुझाइ छ ।
भट्टराईले कम्तिमा ६ महिनामा १ टाेलमा दाेहाेर्याएर पुग्ने याेजना बनाएका छन् । चुनावमा उठ्दै गर्दा प्रारम्भिक अाँकडामा पराजित हुन सक्ने अवस्थालाई उनले परिणाममा ५ हजार बढिकाे मतान्तरमा निर्वाचन जित्न सफल भएका थिए ।
उनले प्रत्येक दिन न्युनतम २ टाेलमा पुगेर भेटघाट गरिरहेका छन् । संसद बैठक बाहेक अन्य दिन टाेल भेटघाट र जनताकै साथमा रहने उनको याेजना छ ।
सांसद भट्टराईकाे टाेल भेटघाटले मतदाताहरू अचम्मित भएका छन्, बिरू अन्सारी भन्छन्- `हामीले यस्तो पनि हाेला भनेर साेचेका थिएनाैं, असाध्यै खुसि लागेकाे छ । ´