सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपिओ बाँडफाँड

मूलखबर संवाददाता
काठमाडौं

सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बुधबार चैत ८ गते बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारणको लागि ४९ लाख ९८ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन गरेको थियो । २ लाख ४९ हजार ९ सय ३६ कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि र ४ लाख ९९ हजार ८ सय ७५ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँट गरीसकेको छ ।

मागभन्दा बढी आवेदन परेको हुनाले कम्पनीको प्राथमिक निष्काशनको बाँडफाँड गोलाप्रथाबाट गरिएको छ। कुल १३ लाख ५६ हजार ३ सय ४१ जना आवेदन मध्ये योग्य आवेदक १३ लाख ४८ हजार ३ सय ४२ जनाले आवेदन दिएकोमा ९ लाख २३ हजार ४ सय ४९ जना आवेदकको हात खाली भएको छ। कम्पनीले फागुन २६ गतेदेखि फाल्गुन ३० गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो ।

बाँकी आवेदकमा ४ लाख २४ हजार ८ सय ८५ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् भने ८ जना भाग्यमानी आवेदकले ११ कित्ताको दरले शेयर पाएका छन्। आवेदकले आइपिओ रिजल्ट कम्पनी तथा बिक्री प्रबन्धकको वेभसाइट र सिडिएससीको आइपिओ रिजल्ट हेर्ने वेभसाइटबाट हेर्न सक्नेछन ।कम्पनीले ताप्लेजुङको फक्तङलुङ र मिक्वाखोला गाउँपालिका तथा फुङ्लिङको सिमाना भएर बग्ने तमोर नदीमा ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।