भरतपुर शिक्षाको हब हो भन्ने प्रमाणित हुँदैछ : मेयर दाहाल

मूलखबर संवाददाता
भरतपुर, २४ माघ

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर शिक्षाकाे हब हाे भनेर प्रमाणित हुँदै गएको बताएकी छिन् । उनलेे  भरतपुरले शिक्षा क्षेत्रमा  राम्रै फड्को मारेको दाबी पनि गरेकी छन्। नेपाल प्रहरी स्कुल भरतपुर १४ शान्तिपुरले चौथो वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले साे बताएकी हुन् । उनले अध्ययनकै लागि काठमाडौँ जाने परिपाटी लगभग अन्तत्य हुन लागेको उल्लेख गरिन् ।

भरतपुरले सन्तुलित विकासको मोडल अनुसार शिक्षा क्षेत्रको विकासका लागि विभिन्न शैक्षिक सुधारको कार्यक्रमलाई निरन्तरता दिदै आईरहेको मेयर दाहालले बताइन् ।‘प्रहरी स्कुलमा आर्कषण बढ्दो छ, उनले भनिन्, ‘सुरुवातमा भरतपुरका मात्र पढ्नु हुन्थ्यो । अहिले जिल्लाभरकै पढ्नु हुन्छ । अब छिमेकी जिल्लाबाट पनि आउने क्रम सुरु हुन्छ ।यो भरतपुर शिक्षाको हब हो भन्ने प्रमाण हो ।’भरतपुरमा दुई ठूला मेडिकल कलेज, रामपुर कृषि क्याम्पस, त्रिभुवन विश्वविद्यालयको आंगिक ईन्जिनियरिङ क्याम्पस लयागतका शैक्षिक संस्थाले भरतपुर थप गरिमा बढाएको प्रमुख दाहालको भनाई थियो । प्रहरी विद्यालयको विकासमा महानगरपालिका सधै सकारात्मक रहेको बताइन् ।