सरकारी विद्यालय भन्ने वित्तिकै नाक खुम्च्याउने स्थिति अन्त्य हुनुपर्छ : सांसद उर्मिला माझी

मूलखबर संवाददाता
लमजुङ, ४ माघ

प्रतिनिधि सभा सदस्य उर्मिला माझी पाैडेलले सरकारी विद्यालय भन्ने वित्तिकै नाक खुम्च्याउने स्थितिकाे अन्त्य गर्नुपर्ने बताउनुभएकाे छ ।

लमजुङको दोर्दी गाउँपालिका २ अर्चलबोटमा रहेको लक्ष्मी नारायण माविकाे स्वर्ण जयन्ती समाराेहमा बाेल्दै नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य बनेकी सांसद माझीले भन्नुभयाे- सरकारी विद्यालय भन्ने वित्तिकै नाक खुम्च्याउने स्थिति पैदा भइरहेका बेला यस विद्यालयले अत्यन्तै न्युन साधन श्रोत र जनशक्तिबाट पनि शैक्षिक क्षेत्रमा प्रगति गरिरहेको र अन्य विद्यालयहरु र नीजि विद्यालयहरुसँग पनि प्रतिस्पर्धा गरेर अब्बल बन्न सकेको कुराले मलाई झन हर्षित र गौरवान्वीत बनायो ।

स्वर्ण जयन्तीको अवसरमा विद्यालय प्राङ्गणमा निर्माण गरिएको ण स्तम्भकाे प्रतिनिधिसभाका सदस्य माननीय उर्मिला माझी पाैडेलले अनावरण गर्नुभएको छ । साथै उहाँले विद्यालयकाे प्रवेश द्वारमा निर्माण गरिएको संवरण द्वारकाे पनि माननीय उर्मिला माझीले नै उद्घाटन गर्नुभएको छ । साे अवसरमा जग्गा दाता तथा मुख्य संस्थापक माेहन बहादुर कुँवरकाे अर्धकदकाेे शालिक पनि उहाँले अनावरण गर्नुभयो  ।

संवरण द्वार र स्तम्भ उद्घाटन र अनावरण पछि आयाेजित कार्यक्रममा सम्बाेधन गर्दै प्रतिनिधिसभा सदस्य माझीले विद्यालयकाे शैक्षिक प्रगतिकाे विवरण सुन्दा नेपालकै उत्कृष्ट मध्येको एक सामुदायिक विद्यालय हुन सक्ने बताउनुभयाे । उहाँले भन्नुभयाे – सरकारी विद्यालय भन्ने वित्तिकै नाक खुम्च्याउने स्थिति पैदा भइरहेका बेला यस विद्यालयले अत्यन्तै न्युन साधन श्रोत र जनशक्तिबाट पनि शैक्षिक क्षेत्रमा प्रगति गरिरहेको र अन्य विद्यालयहरु र नीजि विद्यालयहरुसँग पनि प्रतिस्पर्धा गरेर अब्बल बन्न सकेको कुराले मलाई झन हर्षित र गौरवान्वीत बनायो । वास्तवमै यो विद्यालय देशकै एक उदाहरण बनेको छ जस्तो लाग्यो मलाई ।

सांसद माझीले आफुले यस विद्यालयकाे थप प्रगतिकाे लागि सक्दाे पहल र सहयाेग गर्ने पनि बताउनुभयाे । उहाँले अगाडि थप्नुभयाे – `विद्यालय भाेगेका समस्याहरूकाे एक एक गरी समाधान गर्नुपर्छ, हामीले हाम्रो सिमित बजेट, साधन श्रोतलाई अधिकतम सदुपयोग गरी धेरै भन्दा धेरै काम गर्नुपर्ने बाध्यता हामीसँग छ । स्थानिय सरकार, प्रदेश सरकार र केन्द्र सरकारकाबीच समन्वय गरेर यी समस्याहरु विस्तारै समाधनमा मेरो पहल रहने म विश्वास दिलाउन चाहन्छु । कतिपय सरकारी नीति नियमहरुले पनि समस्या बनाउको होला, ती पनि शंसोधन गर्नुपर्नेछन्, शिक्षा क्षेत्रमा लगानी बालुवामा पानी भन्ने कुरा स्थापित पनि भएको छ, त्यसलाई पनि चिर्नुपर्नेछ, यो विद्यालय मेरो पनि विद्यालय हो , अब तपाईहरु मात्रै हुनुहुन्न म पनि थपिएको छु, हिजो यहाँका युवाहरु, विद्यार्थीहरु, अभिभावकज्यूहरु , शिक्षक साथीहरुले अरुलाई गुहार्नुपर्ने अवस्था थियो भने आज म पनि साथै रहेर पहल गर्ने ठाउँ बनेको छ । यहाँहरुसँग हातमा हात साथमा साथ मिलाएर अगाडि बढ्ने बाचा म गर्न चाहन्छु ।´

विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरी स्वर्ण जयन्ती मनाएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पौडेलले स्वर्णजयन्तीका अवसरमा विद्यालय क्षेत्र सरसफाइ, स्वर्ण स्तम्भ, स्वर्णद्धार निर्माणका काम भइरहेको बताउनुभयो । स्वर्ण जयन्तीका अवसरमा पुस २६ गतेबाट हाजिर जवाफ, आन्तरिक खेलकुद , भलिबल प्रतियोगिता   लगायतका कार्यक्रम भएको  विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामप्रसाद पाैडेलले बताउनुभयो ।

विद्यालयका प्रअ अधिकारीका अनुसार अहिले विद्यालयको मूल गेटको स्वर्ण द्धार, स्वर्ण स्तम्भ निर्माणका लागि हाल अमेरिकामा रहनुभएको विद्यालयका भू.पू. शिक्षक तथा विद्यार्थी र सुभचिन्तकहरुले सहयोग गर्नुभएको छ । विद्यालयका अनुसार हालसम्म सहयोगीदाताहरुबाट ८ लाख १८ हजार ६ सय २१ रुपैयाँ सहयोग रकम संकलन भइसकेको छ ।

२०२९ सालमा स्थापना भएको सो विद्यालयको स्वर्ण जयन्ती सम्पन्न गर्न लागि करिब १० लाख रुपैयाँ खर्च गरिएको थियाे ।

जसमध्ये विद्यालयका भू.पू. शिक्षक मनोज रेग्मीले ३२ हजार ९ सय ३ रुपैयाँ, भू.पू. विद्यार्थी शशी थापा एवं भूपू शिक्षक अप्सरा थापाले ३३ हजार ५ सय ६१ रुपैयाँ सहयोग गर्नुभएको छ । अन्य भू.पू. विद्यार्थी एवं सुभचिन्तक अर्जुन सुयलले ३२ हजार ९सय ३, गणेश बहादुर अधिकारीले ३९ हजार ४ सय ८३, शिब ढकालले १९ हजार ८ सय ७३, प्रकाश मरहठ्ठाले २६ हजार ९ सय ८०, बिदुर बि.कले ३९ हजार ४ सय ८३, रितेश कुँवरले २६ हजार ४ सय ५४, राजेन्द्र लामीछानेले २७ हजार १ सय १२, बिनोद / सुनीता कुँवरले २६ हजार ९ सय ८०, चन्द्र कुमारी (बिजुली) गुरुङले ३३ हजार ३४, लक्ष्मण रिमालले ३९ हजार ४ सय ८३, सागर कुँवरले ३९ हजार ४ सय ८३, रमेश कुँवरले ६ हजार ७ सय १२, राजन कुँवर खड्काले १३ हजार २ सय ९३, सुदीप मरहठ्ठाले १७ हजार २ सय ४१, कल्पना कुँवरले १३ हजार ८ सय २०, विप्लव पौडेलले ६ हजार ७ सय १२, रोशन खड्का कुँवरले १९ हजार ८ सय ७३, उपेन्द्र कुवँरले १९ हजार ८ सय ७३, गौतम लामिछानेले १३ हजार २ सय ९३, सन्तोष भुजेलले १९ हजार ८ सय ७३, राज कुमार कुँवरले ३९ हजार ४ सय ८३, प्रकाश /प्रतिमा अधिकारीले १३ हजार २ सय ९३, ऋषि अधिकारीले १३ हजार २ सय ९३, नरेन्द्र लामिछानेले २६ हजार ९ सय ८०, गणेश कुँवरले ३९ हजार ४ सय ८३, अनिल कुँवरले ६ हजार ७ सय १२, विकास कुँवरले १३ हजार ८ सय २०, शम्भु कुँवरले १३ हजार ८ सय २०, विजय रेग्मीले १३ हजार २ सय ९३, अंगद कुँवरले १९ हजार ७ सय ४२, राज कुमार खड्काले ४३ हजार ८ सय २६ र धिरज कुँवरले २६ हजार ४ सय ५४ रुपैयाँ सहयोग गर्नुभएको छ ।

कक्षा १० सम्म पढाइहुने विद्यालयमा हाल १ सय ६८ विद्यार्थी अध्ययनरत छन् । सुविधासम्पन्न कम्प्युटर ल्याव, प्रविधिमैत्री शिक्षण मार्फत् पठनपाठन हुँदै आएको विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । २०७३ को एस.ई.ई. परीक्षमा २.९७ जीपीएका साथ जिल्ला प्रथम भएको थियो भने त्यसयताका परिक्षामा पनि गाउँपालिका प्रथम भएको छ । त्यस्तै २०७८ को कक्षा ८ को स्थानीय तह परीक्षामा पनि प्रथम भएको छ । यसैगरी २०७१ सालको एस्.एल सी परीक्षामा छात्रा छात्र दुवै तर्फ जिल्ला प्रथम हुन सफल भएको विद्यालयलयका प्रअ अधिकारीले बताउनुभयो ।