कर्णाली प्रदेशमा एक वर्षमा १७ किमि सडक कालाेपत्रे
कर्णाली प्रदेशमा एक वर्षमा प्रदेशभर १७ किलोमिटर सडक कालोपत्रे गरिएको प्रदेश सरकारले जनाएको छ। सोही अवधिमा प्रदेशभर ११३ किलोमिटर सडक खण्ड स्मिथ र ६२२ किलोमिटर कच्ची सडक खनिएको छ।
कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएपछि बिदा हुन लागेका मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलबार आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै यो जानकारी दिएका हुन्।
अघिल्लो वर्ष कात्तिक १६ गते सरकारको नेतृत्व सम्हालेका मुख्यमन्त्री शाहीले एक वर्षमा प्रदेशमा भौतिक विकासले गति लिएको दाबी गरे। उनका अनुसार एक वर्षमै कर्णालीमा १३ वटा झोलुंगे र ८ वटा सडक पुल निर्माण भएका छन्।