जनस्वास्थ्यकर्मी महासंघ लमजुङको अध्यक्षमा सेढाईं, सचिवमा बोम्जन निर्वाचित
अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ, जिल्ला समन्वय समिति लमजुङको अध्यक्षमा लक्ष्मीप्रसाद सेढाई निर्वाचित भएका छन् भने सचिवमा दिपक बहादुर बोम्जन निर्वाचित भएका छन् ।
शनिवार बेशिशहरमा सम्पन्न महासंघको प्रथम ऐतिहासिक भेला तथा स्थानिय तहहरुको संयुक्त भेलाबाट सेढाईको नेतृत्वमा जिल्ला समन्वय समिति चयन गरेको हो ।
कार्यक्रममा कर्मचारी संगठनका केन्द्रीय नेता शम्भु चापागाई, माओवादी केन्द्र लमजुङका नेताहरु सुनिल सुनार, होम बहादुर विकलगायतको सहभागिता रहेको थियो ।