लमजुङका सबै स्थानीय तहमा तालमेल गर्ने सत्तारुढ गठबन्धन दलको सहमति
सत्तारूढ चार दलबीच लमजुङका सबै स्थानीय तहमा तालमेल हुने भएको छ।
आज बसेको बैठकले सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच तालमेल गरेर जाने निर्णय गरेको हो। केन्द्रीय अवधारणा र सहमति अनुसार नै जिल्लामा पनि गठबन्धन दलहरुबीच सहमति बनेको हो ।
बैडकले कांग्रेस सभापति टकराज गुरूङ संयोजकत्वमा चार सदस्यीय जिल्ला संयन्त्र गठनसमेत गरिएको छ।
यस्तै दलहरूको बस्तुगत अवस्थाबारे प्रतिवेदन केन्द्रमा पठाउने निर्णसमेत उनीहरूले गरेका छन्। उनीहरूले एकअर्का दललाई लक्षित गर्दै आरोप प्रत्यारोप गर्न नपाइने पनि बताएका छन्।