गठबन्धनको एकता मजबुद बन्दै, देशैभर बन्न थाले संयन्त्र, एमाले आतंकीत

मूलखबर संवाददाता
काठमाडौं, २२ चैत ।

स्थानिय निर्वाचनको दिन नजिकिँदै गर्दा र चर्चा बढ्दै जाँदा सत्तारुढ दलहरुको गठबन्धनबीच एकता थप मजबुद बन्दै गएको छ भने प्रमूख प्रतिपक्षी दल नेकपा एमाले पनि आफ्नो पक्षमा गठबन्धन बनाउन न्वारानदेखिको बल लगाइरहेको छ । सत्तारुढ दलको प्रमुख घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा अन्य दलहरुबीच चुनावी तालमेलको लागी गठबन्धनबाहिर नजानेगरी सहमति भएपछि प्रमूख प्रतिपक्षी दल नेकपा एमाले अत्तालिएको देखिन्छ । एमालेले गठबन्धनबीचको एकता भत्काउन अनेक प्रयत्न जारी राखिरहेपनि गठबन्धन दलहरुबीच नियमित संवाद, छलफल र बैठकहरुले गर्दा एमालेको कुनै पनि प्रयास सफल हुन सकेको छैन ।

गठबन्धन दहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाबीच केन्द्रीय स्तरमा भएको सहमति क्रमश जिल्लाहरुमा कार्यान्वयन हुँदै गइरहेका छन् । ती दलहरुले केन्द्रमा बनाएको गठबन्धन संयन्त्र जस्तै प्रदेश र जिल्लाहरुमा पनि बन्दै गइरहेका छन् । सातै वटा प्रदेशमा गठबन्धनका साझा संयन्त्र बनिसकेका छन् भने जिल्लाहरुमा पनि लगातार संयन्त्रहरु निर्माण भइरहेका समाचारहरु आइरहेका छन् । आज मात्रै गण्डकी अञ्चलको लमजुङ्ग जिल्लामा संयन्त्र बनेको छ भने हिजो चितवनलगायतका जिल्लामा संयन्त्र बनेको खबरहरु आएका थिए । यो समाचार प्रकाशित हुँदा सम्म थुप्रै जिल्लामा गठबन्धनका साझा संयन्त्र बनेको खबर आइसकेका हुनेछन् ।
त्यसैगरी सत्ता गठबन्धनको मंगलबार बिहान बसेको बैठकले काँग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति पनि गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकमा देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसँग एक वृहत् अन्तरक्रियाको आयोजना गर्ने निर्णय पनि भएको छ ।
समितिमा कांग्रेसका तर्फबाट सदस्यमा महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट सचिवालय सदस्यद्वय वर्षमान पुन र देव गुरुङ छन्। यस्तै नेकपा एकीकृत समाजवादीबाट महासचिव वेदुराम भुसाल र उपमहासचिव विजय पौडेल, जनता समाजवादी पार्टीबाट वरिष्ठ नेता अशोक राई र केन्द्रीय कार्यकारणी समिति सदस्य रेणु यादव तथा राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीलाई सदस्य बनाइएको छ ।
त्यसैगरी बैठकले यस अघि गठबन्धनको संयन्त्रले गरेको निर्णय अनुसार चैत २५ गतेभित्र यथार्थ अवस्थाको रिपोर्ट पठाइसक्न आजको बैठकले ताकेता गरेको छ । प्रदेश, जिल्ला र पालिका तहमा बनेको संयन्त्रले रिपोर्ट पठाएपछि पौडेलले नेतृत्वको समितिले डाटा केलाउने छ । त्यसपछि चुनावी तालमेलबारे मोडालिटी तयार गरिने छ ।
गठबन्धनका दलहरुबीच चुनावी तालमेल गर्ने र अन्य दलसँग गर्नैपर्ने अवस्था सिर्जना भएमा गठबन्धनमा सहमति गरेर मात्रै गर्ने, एक अर्काको आलोचना वा भण्डाफोर नगर्ने, आरोप प्रत्यारोप गर्ने विचार फरक भएपनि व्ययवहारमा एकरुपता कायम गरेर जाने तथा प्रतिगामी शक्तिका विरुद्ध साझा र एकतावद्ध भएर लड्ने संकल्प देखिन्छ ।
गठबन्धनको यो चट्टानी एकताले नेकपा एमाले र मुख्य नेता के पी ओली अत्यन्तै आतंकीत भएको विश्लेषण राजनैतिक विश्लेषकहरुले गरेका छन् । ओलीको आतंकको मनोदशा उनका दैनिक आइरहेका अभिव्उयक्तिहरुमा देखिन थालेको छ । उनी कहिले के भन्ने कहिले के भन्ने, कहिले कसलाई आरोपित गर्ने कहिले कसलाई आरोपित गर्ने अभिव्यक्ति दिइरहेका छन् । उनी स्थानिय निर्वाचनमा गठबन्धनका उम्मेदवारबाट आफ्ना कार्यकर्ता पराजित हुने निश्चितप्राय भएपनि राप्रपा र विप्लव माओवादीलगायतसँग चुनावी तालमेल गर्ने कोशीष गरिरहेका छन् । आफ्नै नेतृत्वमा रहेको दुई तिहाईको वाम सरकार आफ्नै घमण्ड र अहंकारले ढलेपछि ओली विक्षिप्त बन्नु स्वभाविक भएको विश्लेषकहरुले बताएका छन् ।
निर्वाचनको दिन नजिकिँदै जाँदा गठबन्धनका दलहरुबीच देशव्यापी देखिएको एकता र संयन्त्र निर्माणले आगामी स्थानिय निर्वाचनमा एमालेको विगतको अवस्था नराम्ररी ध्वस्त हुने देखिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रको आफ्नै विगतको जनाधार र एकीकृत समाजवादीको ओलीे विरोधी जनमतले गर्दा एमालेको जनाधार कमजोर हुने र गठबन्धनले देशैभरका अधिकांश स्थानिय निर्वाचनमा पकड जमाउने देखिएको छ । विशेष गरी ओलीले गरेको दुई दुई पटकको संसद विघटन र पार्टीभित्रै ओलीले देखाएको स्वेच्छाचारिता तथा राष्ट्रियताको सवालमा गरेको गोप्य नाजायज हर्कतहरुले गर्दा ओली र एमालेको विपक्षमा जनमत तिब्र बन्दै गएको देखिन्छ भने गठबन्धनको पक्षमा जनमत तिब्रतामा बढ्दै गएको देखिन्छ ।