यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
फिफा विश्वकप फुटबलको समूह विभाजन ‘ड्र’ सार्वजनिक, को सँग को भिड्ने ? फिफा विश्वकप फुटबलको समूह विभाजन ‘ड्र’ सार्वजनिक, को सँग को भिड्ने? कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको समूह विभाजन ‘ड्र’ सार्वजनिक भएको छ । कतारको दोहामा शुक्रबार राति सार्वजनिक गरिएको ‘ड्र’ मा उपाधि दावेदार स्पेन र जर्मनी एउटै समूहमा परेका छन् ।. विश्व फुटबल महासंघ ९फिफ० ले सहभागी ३२ देशलाई वरीयताका क्रममा राखेर ‘ड्र’ सार्वजनिक गरेको हो । ‘ड्र’ अनुसार स्पेन, जर्मनी र जापान यस समूह ‘ई’ मा परेका छन् । यस समूहमा कोस्टारिका र न्युजिल्यान्डबीचको प्लेअफ विजेता पनि रहनेछ ।. साविक विजेता फ्रान्स समूह ‘डी’ मा परेको छ । तुनाल्तमक रुपमा फ्रान्सलाई यस समूह सहज छ । यस समूहमा डेनमार्क, ट्युनिसिया र प्लेअफबाट आउने एक टोली रहनेछ । प्लेअफबाट यूएई, अष्ट्रेलिया र पेरु मध्ये एक टोली आउने छ ।. यसैगरी समूह ‘ए’ मा आयोजक कतार, नेदरल्याण्ड, सेनेगल र इक्वेडर परेको छ । समूह ‘बी’ मा इङ्ल्यान्ड, अमेरिका, इरान तथा प्लेअफबाट आउने वेल्स, युक्रेन र स्कटल्यान्ड मध्ये एउटा टोली रहनेछ । समूह ‘सी’ मा लियोनल मेस्सीको टोली अर्जेन्टिनासँगै मेक्सिको, पोल्याण्ड, साउदी अरेविया रहेको छ । समूह ‘एफ’ मा बेल्जियम, क्रोएसिया, मोरक्को र क्यानडा परेको छ ।. समूह ‘जी’ मा ब्राजिल, स्विजरल्यान्ड, सर्बिया र क्यामरुन छ । समूह ‘एच’ मा क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया र घाना रहेको छ । कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ ।.
फिफा विश्वकप फुटबलको समूह विभाजन ‘ड्र’ सार्वजनिक, को सँग को भिड्ने ?
मूलखबर संवाददाता
काठमाडौं, १९ चैत ।
कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको समूह विभाजन ‘ड्र’ सार्वजनिक भएको छ । कतारको दोहामा शुक्रबार राति सार्वजनिक गरिएको ‘ड्र’ मा उपाधि दावेदार स्पेन र जर्मनी एउटै समूहमा परेका छन् ।
विश्व फुटबल महासंघ ९फिफ० ले सहभागी ३२ देशलाई वरीयताका क्रममा राखेर ‘ड्र’ सार्वजनिक गरेको हो । ‘ड्र’ अनुसार स्पेन, जर्मनी र जापान यस समूह ‘ई’ मा परेका छन् । यस समूहमा कोस्टारिका र न्युजिल्यान्डबीचको प्लेअफ विजेता पनि रहनेछ ।
साविक विजेता फ्रान्स समूह ‘डी’ मा परेको छ । तुनाल्तमक रुपमा फ्रान्सलाई यस समूह सहज छ । यस समूहमा डेनमार्क, ट्युनिसिया र प्लेअफबाट आउने एक टोली रहनेछ । प्लेअफबाट यूएई, अष्ट्रेलिया र पेरु मध्ये एक टोली आउने छ ।
यसैगरी समूह ‘ए’ मा आयोजक कतार, नेदरल्याण्ड, सेनेगल र इक्वेडर परेको छ । समूह ‘बी’ मा इङ्ल्यान्ड, अमेरिका, इरान तथा प्लेअफबाट आउने वेल्स, युक्रेन र स्कटल्यान्ड मध्ये एउटा टोली रहनेछ । समूह ‘सी’ मा लियोनल मेस्सीको टोली अर्जेन्टिनासँगै मेक्सिको, पोल्याण्ड, साउदी अरेविया रहेको छ । समूह ‘एफ’ मा बेल्जियम, क्रोएसिया, मोरक्को र क्यानडा परेको छ ।
समूह ‘जी’ मा ब्राजिल, स्विजरल्यान्ड, सर्बिया र क्यामरुन छ । समूह ‘एच’ मा क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया र घाना रहेको छ । कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ ।