माझीकाे लदिपुजालाई राष्ट्रिय पर्वमा सुचिकृत गरिन्छ : मुख्यमन्त्री पाण्डे

मूलखबर संवाददाता
हेटाैंडा,

माझी राष्ट्रिय मुक्ति माेर्चा नेपाल केन्द्रीय समितिले बागमती प्रदेशका मुख्यमन्त्री सहित कानुन मन्त्री, आर्थिक मामिला मन्त्री, कानुन मन्त्रीलाई लदि पर्वलाई राष्ट्रिय पर्वकाे रूपमा सुचिकृत गर्न माग गर्दै ज्ञापन पत्र पेश गरेको छ ।

प्रदेश मुख्यालय हेटाैंडामा माेर्चाका सल्लाहकार तथा सांसद बुद्विमान माझीसहित  माेर्चाकी महासचिव उर्मिला माझीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मुख्यमन्त्री राजेन्द्र पाण्डे, आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनाल र आर्थिक मामिला तथा याेजना मन्त्री शालिकराम जमरकट्टेललाई ज्ञापन पत्र पेश गरेको हाे ।

माेर्चाले फागुनकाे तेस्रो अर्थात साहिँलि मंगलबार मनाइने लदि पर्वलाई राष्ट्रिय पर्वमा सुचिकृत गरि सार्वजनिक विदाकाे व्यवस्था गर्न माग गरेकोे छ ।

ज्ञापन पत्र बुझ्दै मुख्य मन्त्री पाण्डेले माग सम्वाेधन गरि पर्व सुचिकृत गरिने बताउनुभएको छ । पाण्डेले माझी समुदायकाे लागि  शिक्षा, स्वास्थ्य, अार्थिक क्षेत्रमा सहयाेग गर्न प्रदेश सरकार प्रतिवद्व रहेको बताउनुभयाे ।

त्यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालले पनि माझी समुदायको पर्व सुचिकृत गर्न प्रस्ताव अगाडि बढाउने प्रतिवद्वता गर्दै आफु माझी समुदायकाे विकास र प्रगतिकाे लागि सहयाेग गर्न तयार रहेकोे बताउनुभयाे ।

साे अवसरमा माझी नेता तथा सांसद बुद्विमान माझीले माझी समुदायले धेरै अगाडिदेखि केन्द्रीय राज्यसँग माग राखेको भएतापनि माग पूरा नभएको बताउनुभएको थियाे ।