गण्डकी प्रदेश सरकारकाे याे निर्णयले पायाे स्वागत
गण्डकी प्रदेश सरकारले जनयुद्धका घाइते, अपाङ्ग तथा शहीद परिवारलाई स्वास्थ्य उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।
गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले जनयुद्धका घाइते, अपाङ्ग तथा शहीद परिवारलाई स्वास्थ्य उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।
प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधु अधिकारी गुरुङले पदभार ग्रहण गर्ने क्रममा उक्त काम गर्ने पहिलो निर्णय गरेकी थिइन् ।
प्रदेश सरकारले यसअघि नीति तथा कार्यक्रममा समावेश गरी आवश्यक कार्यविधि बनाएर उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गुरुङले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार अब गण्डकी प्रदेशभित्र रहेका जनयुद्धका घाइते, अपाङ्ग तथा शहीद परिवारले निःशुल्क स्वास्थ्य उपचार पाउने छन् ।
माओवादी पटक पटक सरकारमा पुगे पनि शहीद, बेपत्ता तथा घाइतेलाई बेवास्ता गरेको आरोप लाग्ने गरेको थियो ।
यस पटक गुरुङले आफू स्वास्थ तथा जनसंख्या मन्त्री भए पछि त्यो गुनासो लाई सम्बोधन गरेको प्रतिक्रिया अाएका छन् । गुरुङको यो कदमको धेरैले खुलेर प्रशंसा गरेका छन ।