लकडाउनमा पनि गोर्खा ईन्टरनेशनल ट्राभल प्रालिकाे नयाँ शाखा प्रारम्भ
गोर्खा ईन्टरनेशनल ट्राभल प्रालिले आफ्नो नयाँ सेल्स काउन्टर बिस्तार गरेको छ । काेराेना महामारी र लकडाउनका बाबजुद पनि प्रालिले शाखा विस्तार गरेको हाे ।
शाखाकाे उद्घाटन पर्यटन बोर्ड कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले गर्नुभएको थियाे भने कार्यक्रममा NATTA अध्यक्ष अच्युत शर्मा गुरागाई, अमेरिकाका चर्चित व्यवसायी तथा गोर्खा ट्राभल्स अमेरिका प्रमुख लोकनाथ तिवारी, वलिउड प्रोमोटर केपी न्यौपाने ‘ज्याक्सन’ लगायतको उपस्थिति रहेको थियाे ।
सन २००३ देखि ठमेलको जेट स्ट्रीटमा कर्पोरेट अफिस सञ्चालन गर्दै आएको गोर्खाले ठमेलको बैशाली होटलसँगैको भवनमा आफ्नो नयाँ सेल्स काउन्टर बिस्तार गरेको हो ।
नयाँ खोलिएको सेल्स काउन्टरबाट पनि यसअघि जस्तै राष्ट्रिय, अन्तर्राष्ट्रिय एयर टिकेटिङ, ईनबाउण्ड आउटबाउन्ड टूर प्याकेज, माउन्टेनियरीङ टुर प्याकेजका क्षेत्रमा सेवा प्रवाह गरिने सञ्चालक सुशिल पन्तले जानकारी दिए ।
गोर्खा ईन्टरनेशनल पर्यटनका क्षेत्रमा परिचित व्यावसायिक संस्थाको रुपमा रहेको छ ।
सञ्चालक पन्तले सफल पर्यटन व्यवसायी र समाजसेवी व्यक्तिको पहिचान बनाइसकेका छन् । काेराेना महामारीको र लकडाउनकाे बेलामा पनि पन्तले गरेको साहसले खडेरी लागेकाे पर्यटन व्यवसायमा नयाँ अाशाकाे सञ्चार गराएकाे प्रतिक्रिया ठमेलका व्यवसायीले दिएका छन् ।