सुनकोशी मरिन डाइभर्सन समयमै सम्पन्न गराऔं : मन्त्री भुषाल
काठमाडौं, ८ साउन ।
नेपाल सरकारकी उर्जा जलश्रोत तथा सिँचाई मन्त्री पम्फा भुषालले सुनकोशी मरिन डाइभर्सन आयोजना तोकीएको समयमै सम्पन्न हुनुपर्ने बताउनुभएको छ ।
सुनकोशी मरिन डाइभर्सन आयोजना देशको आर्थिक समृद्धिको लागि अत्यन्तै महत्वपूर्ण रहेको जनाउँदै मन्त्री भुषालले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण सेड्युलअनुसार सम्पन्न हुनुपर्ने धारणा राख्नुभएको हो ।
आफ्नो फेस बुक वालमा स्टाटस राख्दै मन्त्री भुषालले त्यसका लागि सबै सरोकार निकाय एकभएर अघि बढ्नुको विकल्प नभएको पनि स्ष्पट पार्नुभएको छ । उहाँले समयमै आयोजना सम्पन्न गर्न सहकार्य गर्न आव्हान र प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।