सेयर बजारमा पहिरो, के हाेला काराेबारीकाे भविष्य ?

मूलखबर संवाददाता
काठमाडौं

साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो गएको छ । ३ हजार माथि पुगेर रेकर्ड बनाएको नेप्से परिसूचक आइतबार २ हजार ९ सय ५ मा रोकिएको छ । नेप्सेमा कारोबार हुने अधिकांक कम्पनीहरुको सेयर मूल्य घटेर बजार समूहगत सवइन्डेक्सहरु सबै राताम्मे देखिएका छन् ।

नेप्से परिसूचक ६३ दशमलव २८ अंकले घटेर २ हजार ९ सय ०५ दशमलव ३२ अंकमा झरेको छ । नेप्से परिसूचक ठूलो अंकले घट्दा पनि कारोबार रकम भने राम्रै रहेको छ । आइतबार करिब १२ अर्बको कारोबार भएको छ ।

दिनभर भएका १ लाख २८ हजार २ सय ८१ कारोबारबाट २३० कम्पनीको २ करोड ७३ लाख ४४ हजार ५ सय कित्ता सेयर सेयर किनबेच भएका छन् ।