फलेनीमा बन्यो आकर्षक गेट, गाउँपालिका अध्यक्षले गरे उद्घाटन
लमजुङको दोर्दी गाउँपालिका वडा नं ७ फलेनीमा आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ ।
दोर्दी १ जलविद्युत आयोजनाको सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तरगतको ३ लाख ५० हजार रकमको लागतमा निर्माण गरिएको उक्त गेटको आज गाउँपालिका अध्यक्ष ओम बहादुर गुरुङले उद्घाटन गर्नुभएको हो ।
दोर्दी गाउँपालिकाभित्र रहेका ९ वटा वडा मध्ये सावीकको फलेनी गाविसलाई वडा नं ठ नामाकरण गरिएको छ र उक्त वडा प्रवेश गर्ने स्थानमा सो आाकर्षक गेट निर्माण गरिएको हो ।
दोर्दी गाउँपालिका रोजगार संयोजक तथा सुचना अधिकृत धर्मराज गुरुङका अनुसार उक्त गेटको निर्माणकार्य २०७७ साल चैतमा शुरु भएर २०७८ जेठ २७ गते सम्पन्न भएको हो ।
गेट उद्घाटन कार्यक्रममा उपोक्ता समितिका सदस्यहरुसहित गाउँपालिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
प्रवेश गेटले फेलेनीको सुन्दरता थप्नुका साथै पर्यटक आकर्षण गर्न सक्ने अपेक्षा गरिएको छ ।