सेभ द माइन्डले असहायकाे लागि फुड बैंक शुरू गर्दै, खाद्यान्न दिन/लिन सकिने

मूलखबर संवाददाता
काठमाडौं

विश्वव्यापी महामारीको रूपमा फैलिएको काेराेना भाइरसकाे संक्रमणले नेपाल नराम्ररी प्रभावित बनिसकेको छ । दिनहुँ ८ हजार बढि संक्रमित थपिइरहेका छन् भने करिब २ सय जनाकाे दरले दैनिक ज्यान गुमाइरहेका छन् । सरकारले निषेधाज्ञा जारी गरेकाे छ जसले गर्दा काम गरेर जीवन धान्ने बाध्यता भएकाहरू बाँच्नै सकस हुन थालेको छ । त्यसमाथि पनि असहाय, वृद्व, वृद्वा, अपांग , अशक्त र दृष्टि विहिनकाे त झन् के कुरा गर्नु ।

यस्तो बेला सेभ द माइन्ड भन्ने गैरसरकारी संस्थाले भरतपुर महानगरपालिका र चितवनमा असहायहरूलाई सहयाेग गर्ने अभियान चलाएकाे छ । महिलाहरूकाे सहभागिता रहेकाे उक्त संस्थाले वृद्ववृद्वा, अपांग, तेस्रो लिंगी, दृष्टिविहिनहरूलाई लत्ताकपडा, अाैषधी सहयाेग गर्दै अाएकामा अब खाद्यान्न सहयाेग गर्नकाे लागि फुड बैंक सञ्चालन गर्न लागेको हाे । फुड बैंकमा सहयाेगी मनहरूले अाफुसँग भएको खाद्यान्न दिन सक्ने र अावश्यक परेकाहरूले लैजान सक्ने संस्थाकी अध्यक्ष पुजा भुषालले जानकारी दिनुभएको छ ।

भुषालले सामाजिक सञ्जालमा एक अपिल प्रकाशित  गर्दै स्वेच्छाले सहयाेग गर्न अाव्हान गर्दै फाेन नं दिएर सेवा अावश्यक भएकालाई असजिलो नमानि सम्पर्क गर्न अाग्रह पनि गर्नुभएको छ ।

अपिलमा भनिएकाे छ –

तपाईं पनि हामी संगै सहकार्य गरेर अगाडि बढ्न चाहानुहुन्छ भने कृपया हामिलाइ सेभ द माइन्ड नेपालले अब हरेक वृद्धबुवा मुमा ,दृस्टीबिहिन , अपांगता हुनु भएका हरुलाइ घर घर खाद्यान्न औसधी पुराउन घर घरै पुग्ने छौ।तपाइको छरछिमेक आसपासमा समस्यमा पर्नु भएका जो कोहिलाई पनि हामी जति सकछौ सहयोग गर्ने छौ।

जस्को लागि सम्पर्क नम्बर 9855017617/9855017217 रहेको छ या म्यासेज पनि गर्न सक्नुहुने छ।

अपीलकाे पुर्ण पाठ-

सेभ द माइन्ड नेपालले आफ्नो स्थापना समय देखि नै विभिन्न सामाजिक कार्यहरुमा आफुलाइ सकृयताका साथ अगाडि बढनेक्रममा पहिलो लकडाउन देखि दोस्रो चरणको लकडाउन सम्म आइपुग्दा सम्मको अवस्थामा विशेष गरि बालबालिका वृद्धबृदा दृस्टीबिहिन साथिहरु समलिङ्गी तेस्रोलिङ्गीहरु लगायत जस्को कोहि छैन उस्को प्रमुख साहारा बनेर उभिने कोसिस हामिले गरिरहेका छौ।सुरुमा हामी आफ्नै लगानिमा बेसाहाराहरुको चुलो बाल्दै भोका पेटहरुमा अन्न पुर्यान कोसिस गरेका थियौ ।

आजको दिन मा हामिलाइ सबैको साथ सहयोग मिल्दै आइरहेको छ। जस्ले जति सक्नुहुन्छ त्यहाबाट त्यतिनै सहयोग गर्नु होस।तपाइको बाहेकमा हामी आजका दिन सम्म कसैलाइ करकाप मा पारेर इच्छा बिपरित सहयोग उठाउने काम गरेका छैनौ र गर्ने छैनौ।

हामी हरुको अबको चाहाना food bank राख्ने हो । जहाँ तपाइले खाद्यान्न सामाग्री ल्याएर सहयोग गर्न पनि सक्नुहुन्छ र आवास्यक पर्ने के त्यहीबाट लान पनि सक्नुहुनेछ। हामी यो कार्य सुरु गर्न लागि सकेको हुदा सबैले यसलाई अत्याधिक सेयर गरेर सबै माझमा पुराइदिनु होला जस्कारण सबैको घरमा चुलो बलोस।

तपाईं पनि हामी संगै सहकार्य गरेर अगाडि बढ्न चाहानुहुन्छ भने कृपया हामिलाइ सेभ द माइन्ड नेपालले अब हरेक वृद्धबुवा मुमा ,दृस्टीबिहिन , अपांगता हुनु भएका हरुलाइ घर घर खाद्यान्न औसधी पुराउन घर घरै पुग्ने छौ।तपाइको छरछिमेक आसपासमा समस्यमा पर्नु भएका जो कोहिलाई पनि हामी जति सकछौ सहयोग गर्ने छौ।

जस्को लागि सम्पर्क नम्बर 9855017617/9855017217 रहेको छ या म्यासेज पनि गर्न सक्नुहुने छ।

हाम्रा खबर जस्ताको तस्तै निस्पक्ष तपाईं सम्म पुराउनु हुने पत्रकार ज्युहरुलाइ नमन साथै सहयोगना जुट्नु हुने सबैमा धन्यवाद सहित स्वागत् गर्दछौ।

यदि कसैको घरमा वृद्धबुवा मुमा, दृस्टीबिहिन, अपांगता हुनु भएकाहरुलाइ घर घर खाद्यान्न औसधी पुराउने काम चाहिँ जारी रहने छ् हामी अशक्त अनि बेसाहाराको सारथि बन्ने कोसिसमा छौ।

हामी सकेसम्म घर घरै पुग्ने कोसिस्मा छौ।त्यसैले तपाइको घरपरिवार अथवा नजिकै कोहि समस्यामा परेकाहरुलाइ सहयोग गर्नको लागि खबर गर्दिनु होला त्यो पनि ठूलो सहयोग हुने छ।

फेरि पनि सम्पर्कको लागि हाम्रो सस्थागत नम्बरहरु -9855017617/9855017217