राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित गर्ने निर्णय
राप्रपाले ०७८ जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको पूर्वघोषित पार्टीको केन्द्रीय महाधिवेशन कोभिडका कारण हाललाई स्थगित गर्ने निर्णय गरेको छ
राप्रपाको शनिबार सम्पन्न तीन अध्यक्षसहितको बैठकले महाधिवेशन अर्को निर्णय नभएसम्मको लागि स्थगित गर्ने निर्णय गरेको एक विज्ञप्ति जारी गर्दै जानकारी गराइएको छ ।
यस्तो छ विज्ञप्ति
राप्रपाका त्रय अध्यक्ष सहितको आज बसेको बैठकले देहाय बमोजिम निर्णयहरु गरेको छ :
१। कोभिड–१९ महामारी अत्यन्तै भयावह बन्दै गएको अवस्थालाई दृष्टिगत गर्दै २०७८ जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको पूर्वघोषित पार्टीको केन्द्रीय महाधिवेशन हाललाई स्थगित गर्ने निर्णय गरेको छ । महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने छ ।
२। कोरोना भाइरस संक्रमणको दर उच्च बन्दै गइरहेको तर नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन क्षमता कमजोर बनिरहेकोमा चिन्ता व्यक्त गरेको छ । संक्रमित बिरामीका लागि अस्पतालहरुमा बेडको अभाव, अक्सिजन आपूर्तिमा देखिएको समस्या, आइसियु, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमीका कारण मृत्युुदर बढिरहेको अवस्थामा निजी क्षेत्रसंगको सहकार्यबाट स्वदेश र विदेशमा कुटनैतिक पहल गरि अन्तर्राष्ट्रिय सहयोग जुटाउन आवश्यक तदारुकताका लागि राप्रपा सरकारसंग माग गर्दछ । कोरोना भाइरसबाट संक्रमित भएकाहरुको उपचारमा कठिनाइ भइरहेको र उपचार नपाएर मृत्युवरण समेत गर्नुपर्ने दुःखदायी अवस्था दुर्भाग्यपूर्ण छ, नागरिकको जीवन रक्षाका लागि राज्यका सम्पूर्ण सामथ्र्य प्रयोग गर्न राप्रपा सरकारसंग जोडदार माग गर्दछ ।
कोभिड–१९ संग जुधिरहेका आम जनताको सेवामा सुरक्षित रहि परिचालित हुन पार्टीका सबै तहका नेता, कार्यकर्तालाई राप्रपा हार्दिक अपिल गर्दछ ।
३। पार्टीको निर्देशन समिति ५ दिन भित्र गठन गर्ने निर्णय गरियो ।
भास्कर भद्रा ध्रुब बहादुर प्रधान
प्रमुख
केन्द्रीय सचिवालय के