पत्रकार बबीन शर्मा र बुद्ध लोप्चनको घर र कार्यालयमा प्रहरीको खानतलासीमा महासंघद्धारा विरोध
काठमाडौं, ४ बैसाख
समाचार प्रकाशन गरेको विषयलाई लिएर प्रहरीले पत्रकार बबिन शर्माको घर र कार्यालयमा खानतलासी गरेको भन्दै नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय रिसर्च एन्ड एनालाइसिस विङ्स ९रअ० का प्रमुख सामन्त गोेयलबीच गोप्य रूपमा सहमति भएको भन्ने विषयमा प्रकाशित समाचारको विषयलाई लिएर शुक्रबार पत्रकार शर्माको घर र कार्यालयमा प्रहरीले खानतलासी लिएको र परिवारलाई समेत धम्की दिएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘समाचार दैनिक डटकममा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय रिसर्च एन्ड एनालाइसिस विङ्स (रअ)का प्रमुख सामन्त गोयलबीच चारबुँदे सहमति भएको भनी उज्यालो न्युज नेटवर्कको समाचार साभार गरेको भन्दै प्रहरीले आज ९शुक्रबार० बेलुका महासंघका केन्द्रीय सदस्य शर्माको घर खानतलासी गर्दै ‘विदेशी गुप्तचर निकायको दबाबले पक्राउ गर्नुप¥यो’ भन्दै परिवारलाई समेत धम्की दिएका थिए,’ विज्ञप्तिमा भनिएको छ ।
समाचार चित्त नबुझे प्रेस काउन्सिल नेपालमार्फत निरुपण खोज्नुपर्नेमा त्यसलाई बेवास्ता गर्दै प्रहरीबाट गरिएको खानतलास र धम्कीको घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध सरकार निरन्तर अनुदार भएको पुष्टि गरेको महासंघको भनाइ छ । महासंघले घटनाको भत्र्सना गर्दै पत्रकारको संवैधानिक अधिकारको सम्मान गरी यस किसिमका घटना नदोहोर्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गरेको छ ।
महासंघले सोही विषयमा प्रकाशित समाचारलाई लिएर शुक्रबार दिउँसो उज्यालो नेटवर्क प्रालिका सम्पादकलगायतलाई समेत पक्राउ गर्ने उद्देश्यले खोजिनिती गरेको भनेरसमेत आपत्ति जनाएको छ ।
त्यसैगरी नेपाल पत्रकार महासंघ बागमती प्रदेश र प्रतिष्ठान प्रदेशले पनि छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै समाचार दैनिक डट कमका सम्पादक बबीन शर्मा र उज्यालो नेटवर्कका प्रधान सम्पादक बुद्ध लोप्चनमाथि गर्न खोजिएको गिरफ्तारी र खानतलासी तथा मिडिया बन्द हुने कायको घोर भत्र्सना गर्दै काउन्सीलमार्फत अनुसन्धान गर्न आग्रह गरेको छ । प्रतिष्ठान प्रदेशका अध्यक्ष रामकुमार शाही र बागमती प्रदेशका महासचिव टेनिस रोकाले विज्ञप्ति प्रकाशीत गरी ध्यानाकर्षण भएको जनाएका हुन् ।