गरीब तथा पीडित उद्वार संघद्वारा शिवरात्रीमा समाजसेवा

मूलखबर संवाददाता
काठमाडौं, २७ फागुन

गरीब तथा पीडित उद्वार संघद्वारा शिवरात्रीमा समाजसेवा
काठमाडौं, २७ फागुन ।

गरीब तथा पीडित उद्वार संघले शिवरात्रीमा समाजसेवा गरेको छ । कालिमाटीस्थित फलफूल तथा तरकारी बजारकाे प्राङगणमा संघले शिवरात्रीकाे अबसरमा साधुहरूलाई भाेजन वितरण र सम्मान कार्यक्रम गरेको हाे ।
संघले करिब ३ हजार साधु र भक्तजनहरूलाई फलफूल, प्रसाद र भाेजन गराएकाे संस्थाका अध्यक्ष लक्षमी प्रसाद शाह तेलीले जानकारी गराउनुभयाे ।
प्रत्येक वर्ष शिवरात्रीकाे अवसरमा अाफ्नाे संस्थाले समाजसेवी काम र साधु र भक्तजनलाई फलाहार गर्दै अाएकाे संस्थाका उपाध्यक्ष पदम लामाले बताउनुभयाे ।

संस्थाले मुक्तेश्वर मन्दिरमा साधु र भक्तजनलाई फलफूल, राेटी खिर, तरकारी अादि प्रदान गरेकाे संस्थाका सचिव शिव कार्कीले बताउनुभयाे ।
संस्थाले दिनभर नै साधु र भक्तजनलाई सेवा प्रदान गर्ने संस्थाका काेषाध्यक्ष राजु खकुरेलले बताउनुभयाे ।
गरीब, असाहय र विभिन्न कारणले पीडितहरूलाई सहयाेग गर्दै अाएकाे संस्थाका सदस्य तथा समाजसेवी प्रेम बहादुर लम्सालले जानकारी दिनुभयाे । कार्यक्रममा सहारा महिला समाजका विना दाहाल लगायतको उपस्थिति रहेको थियाे ।