कमल थापाले भने – स्याबास ! राप्रपा झापा ! Well done !
देशभर राजतन्त्रको पक्षमा वकालत र प्रदर्शन गर्दै अाएकाे राप्रपाका अध्यक्ष कमल थापाले अाज प्रधानमन्त्री के पी अाेलीकाे गृहजिल्ला झापामा भएको प्रदर्नलाई प्रशंसा गर्दै फेसबुकमा स्टाटस लेखेका छन् ।
उनले सम्पूर्ण हिन्दुराष्ट्र र राजसंस्था पक्षधर समुह,समिति र व्यक्तिहरूलाई एकता र सहकार्यको निमित्त आह्वान गरेका छन् ।
उनलेे लेखेकाे स्टाटस-
स्याबास! राप्रपा झापा
Well done
झापाबाट राष्ट्रवादी आन्दोलनको शंखघोष भएको छ।
हिन्दुराष्ट्र र राजसंस्था पुन:स्थापना होस् भन्ने चाहना राख्नेहरूले राप्रपाको छाताभित्र गोलवन्द हुन ढिलो गर्नु हुंदैन।राष्ट्रवादी धारको मूलशक्तिसंग ईर्ष्या राखेर,त्यसलाई उपेक्षा गरेर लक्ष्य प्रप्त हुंदैन।
सम्पूर्ण हिन्दुराष्ट्र र राजसंस्था पक्षधर समुह,समिति र व्यक्तिहरूलाई एकता र सहकार्यको निमित्त आह्वान गर्दछु।एउटा बलियो राष्ट्रवादी शक्ति निर्माण गरौं।हिन्दुराष्ट्र, राजसंस्थासहितको लोकतन्त्रको धरातलमा सबल र समृद्ध नेपाल निर्माण गर्ने उदेश्य साकार पारौं। समय अनुकुल छ, खेर नफालौं।