नेपालमा कोरोना : ६२ हजार बढी संक्रमित, ४ सय बढीको मृत्यु, ४५ हजार बढी निको
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोडि १९ को संक्रमणबाट नेपालमा संक्रमित हुनेको संखया ६२ हजार नाघेको छ ।
कोरोना संक्रमणबाट थप ११ को मृत्यु भएपछि नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ४ सय नाघेर ४०१ पुगेको छ । मन्त्रालयका अनुसार संक्रमितमध्ये मृत्यु हुने संख्या ० दशमलब ६४ प्रतिशत रहेको मन्त्रालयको शनिबारको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ७ जना महिला र ४ जना पुरुष रहेको बताए ।
त्यसैगरी कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या पनि ४५ हजार बढी रहेको छ । देशभर भने २४ घन्टामा थप १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार ४ सय ४७ जना डिस्चार्ज डिस्चार्ज भएका छन् ।
मृतक महिलामा मोरङकी ६५ वर्षीया, रौटहटकी ५१ वर्षीय, सर्लाहीकी ५६ वर्षीया, ललितपुरका ७६ र ६८ वर्षीया, काठमाडौँका ७७ र ३७ वर्षीया रहेका छन् ।
कोरोना संक्रमणबाट मृत्यु हुने पुरुषमा ललितपुरका ६० वर्षीय, काठमाडौँका ७५ वर्षीय, रुपन्देहीका ६९ वर्षीय र बाँकेका ४५ वर्षीय रहेका छन् ।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा नयाँ ७११ कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा ५७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना संक्रमित देखिएका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
२४ घन्टामा १० हजार ३ सय ३३ पीसीआर परीक्षण भएका छन् । २४ घन्टाको अध्यावधिक विवरणअनुसार शुक्रबार उपत्यकामा ८ सय ५९ कोरोना संक्रमित देखिएका थिए ।
सोही अवधिमा ११ हजार ४ सय ५८ पीसीआर परीक्षण गरिएकामा काठमाडौँमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको दिएको थियो ।