बीर अस्पताल २ दिनको लागि बन्द, सर्वसाधारणको उपचार कहाँ गर्ने ?
आफ्ना अस्पतालका ७१ स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको भन्दै बीर अस्पतालको सेवा २ दिनको लागि बन्द गरिएको छ ।
नेपालकै सबैभन्दा पुरानो मानिने वीर अस्पतालका डाक्टर र नर्स गरी ७१ जनामा कोरोना पोजिटिभ पाइएको हो । अस्पतालले एक ।विज्ञप्ति नै प्रकाशीत गरी पोजेटिभ देखिएकालाई समेत अस्पतालमै राखेर उपचार गर्नुपर्ने बाध्यता रहेकाले अस्पतालको सेवा सर्वसाधारणको लािग बन्द गरिएको जानकारी दिएको छ ।
अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले मंगलबार मात्र १३ जना गरी जम्मा ७१ जना स्वास्थ्यकर्मीलाई कोरोना देखिएकोले बुधबार र बिहीबार अस्पताल पूर्ण रुपमा बन्द गरी स्यानिटाइजेसन तथा सरसफाइ गरिने बताउनुभयो ।
उहाँले मङ्गलबार कोरोना देखिएकोमा एक चिकित्सक, छ जना नर्स, दुई फर्मासिष्ट र चार जना स्वीपर तथा कार्यालय सहयोगी रहेको बताउनुभयो ।
सर्वसाधारणको सबैभन्दा वढि पहँच रहेको बीर अस्पतालको सेवा नै बन्द गरिएपछि सर्वसाधारण झन बढी त्रसित र आतंकीत बनेका छन् ।
उपत्यका यसरी झन् भन्दा झन् खतरनाक स्थितिमा प्रवेश गर्दै गरेको अवस्था हो । सर्वसाधारण जनताले अझै बढी सतर्कता अपनाउनुपर्ने खाँचो यसले देखाउँछ ।