यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
मुग्लिनका युवा व्यवसायी कँडेलद्वारा जन्मदिनमा १५ विपन्न परिवारलाई खाद्यान्न सहयोग. जन्मदिनमा केक काटेर विभिन्न परिकारका साथ भोज खाने र फेसबुकमा पोष्ट गर्ने काम त सबैले देखेकै र गरेकै कुरा हो तर आफ्नो जन्मदिनमा विपन्न र असहायलाई सेवा गर्नेहरु भने अत्यन्तै नगन्य छन् । हो त्यही नगन्य मानिसहरुको सूचीमा पर्नुहुन्छ नेपालको मुख्य राजमार्गको केन्द्रमा पर्ने चितवनको मुग्लीन बजारका युवा व्यवसायी रामहरि कँडेल ।. मुग्लिन बजारका युवा व्यवसायी एवं समाजसेवी रामहरी कडेंलले जन्मदिनको अवसरमा आज विपन्न परिवारलाई खाद्यान्न वितरण गर्नुभएको हो । व्यवसायी कडेंलले आज परेको जन्मदिनको अवसरमा मुग्लिनका १५ घर विपन्न परिवारका लागि खाद्यान्न सामाग्री वितरण गर्नुभएको हो ।. धादिङको मलेखुमा जन्मीएर हाल मुग्लीन बजारमा त्रिवेणी ग्रील सटर उद्योगका सञ्चालक रहेका उहाँले जन्मदिनमा प्रति परिवार १ बोरा चामल, १ प्याकेट नुन र १ प्याकेट खानेतेल वितरण गर्नुभएको हो।. यस अघि पनि पटक पटक आफ्नो बर्कतले भ्याएसम्म समाजसेवा र राजनीतिमा आवद्ध कँडेलले कोरोना महामारीको कारण संकटमा परेका परिवारलाई बाँचौ र बचाऔं भन्ने अभिप्रायले आफ्नो जन्मदिनको अवसरमा खाद्यान्न उपलब्ध गराएको बताउनुभयो ।. उहाँ इच्छाकामना उद्योग संघको निर्देशक एवं चितवन मेटल इन्जिनियरिङ एण्ड फ्रेब्रिकेशन समितिका जिल्ला सदस्य समेत हुनुहुन्छ ।. नेकपाको स्थानिय नेता समेत रहेका कँडेल राज्यद्वारा वेपत्ता पारिएका नागरिकका परिवार पनि हुनुहुन्छ । उहाँको भाई अमृत कँडेललाई तत्कालिन राज्यपक्षले माओवादीमा आस्था राखेको आधारमा काठमाडौंबाट गिरफ्तार गरी हालसम्म वेपत्ता बनाएको छ । उहाँका ४ दाजुभाईमध्ये उहाँ माइला छोरा हुनुहुन्छ ।. यसअघि पनि कँडेलले कोरोनाका कारण लकडाउन भएर सबैको व्यवसाय धराशायी र बन्द भएपछि आफ्नो घरमा भाडामा लिइ व्यवसाय गर्नेको मासिक ६० हजार भाडा मिनाहा गर्नुभएको थियो ।. आफु मात्रै खाउँ, आफु मात्रै लाउ, आफू मात्रै बाचुँ भन्ने उपभोत्तावादी संस्कार र पवृत्तिले गाँजिरहेको बेला आफ्नो जन्मदिनमा आफूले दुख गरेर कमाएको रकम कोरोना कहरका बीच विपन्न परिवारलाई वितरण गर्नु कँडेलप्रति हाम्रो पनि सम्मान छ । उहाँको थप उत्तरोत्तर प्रगतिको कामना ।.
मुग्लिनका युवा व्यवसायी कँडेलद्वारा जन्मदिनमा १५ विपन्न परिवारलाई खाद्यान्न सहयोग
मूलखबर संवाददाता
चितवन, १२ भदौ ।
जन्मदिनमा केक काटेर विभिन्न परिकारका साथ भोज खाने र फेसबुकमा पोष्ट गर्ने काम त सबैले देखेकै र गरेकै कुरा हो तर आफ्नो जन्मदिनमा विपन्न र असहायलाई सेवा गर्नेहरु भने अत्यन्तै नगन्य छन् । हो त्यही नगन्य मानिसहरुको सूचीमा पर्नुहुन्छ नेपालको मुख्य राजमार्गको केन्द्रमा पर्ने चितवनको मुग्लीन बजारका युवा व्यवसायी रामहरि कँडेल ।
मुग्लिन बजारका युवा व्यवसायी एवं समाजसेवी रामहरी कडेंलले जन्मदिनको अवसरमा आज विपन्न परिवारलाई खाद्यान्न वितरण गर्नुभएको हो । व्यवसायी कडेंलले आज परेको जन्मदिनको अवसरमा मुग्लिनका १५ घर विपन्न परिवारका लागि खाद्यान्न सामाग्री वितरण गर्नुभएको हो ।
धादिङको मलेखुमा जन्मीएर हाल मुग्लीन बजारमा त्रिवेणी ग्रील सटर उद्योगका सञ्चालक रहेका उहाँले जन्मदिनमा प्रति परिवार १ बोरा चामल, १ प्याकेट नुन र १ प्याकेट खानेतेल वितरण गर्नुभएको हो।

यस अघि पनि पटक पटक आफ्नो बर्कतले भ्याएसम्म समाजसेवा र राजनीतिमा आवद्ध कँडेलले कोरोना महामारीको कारण संकटमा परेका परिवारलाई बाँचौ र बचाऔं भन्ने अभिप्रायले आफ्नो जन्मदिनको अवसरमा खाद्यान्न उपलब्ध गराएको बताउनुभयो ।
उहाँ इच्छाकामना उद्योग संघको निर्देशक एवं चितवन मेटल इन्जिनियरिङ एण्ड फ्रेब्रिकेशन समितिका जिल्ला सदस्य समेत हुनुहुन्छ ।

नेकपाको स्थानिय नेता समेत रहेका कँडेल राज्यद्वारा वेपत्ता पारिएका नागरिकका परिवार पनि हुनुहुन्छ । उहाँको भाई अमृत कँडेललाई तत्कालिन राज्यपक्षले माओवादीमा आस्था राखेको आधारमा काठमाडौंबाट गिरफ्तार गरी हालसम्म वेपत्ता बनाएको छ । उहाँका ४ दाजुभाईमध्ये उहाँ माइला छोरा हुनुहुन्छ ।
यसअघि पनि कँडेलले कोरोनाका कारण लकडाउन भएर सबैको व्यवसाय धराशायी र बन्द भएपछि आफ्नो घरमा भाडामा लिइ व्यवसाय गर्नेको मासिक ६० हजार भाडा मिनाहा गर्नुभएको थियो ।
आफु मात्रै खाउँ, आफु मात्रै लाउ, आफू मात्रै बाचुँ भन्ने उपभोत्तावादी संस्कार र पवृत्तिले गाँजिरहेको बेला आफ्नो जन्मदिनमा आफूले दुख गरेर कमाएको रकम कोरोना कहरका बीच विपन्न परिवारलाई वितरण गर्नु कँडेलप्रति हाम्रो पनि सम्मान छ । उहाँको थप उत्तरोत्तर प्रगतिको कामना ।