पुर्व जनमुक्ति सेनाको जनमैत्रि अस्पतालमा कोरोना उपचार हुने, कुन कुन भए कोभिड अस्पताल ?
सरकारले कोरोना भाईरस ९कोभिड–१९० को उपचारका लागी ३ अस्पताल सहित ६ हजार बढी बेड थप्ने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा विरगंजको नेशनल मेडिकल कलेज, काठमाडौंको कान्तिपुर अस्पताल र काठमाडौंकै जनमैत्रि अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको जानकारी गराइएको हो ।
तत्कालिन माओवादी जनमुक्ति सेनाद्वारा संचालित राजधानीको बालाजु औधोगिक क्षेत्रमा रहेको जनमैत्री अस्पताललाई अहिले कोरोना उपचारको लािग जिम्मा दिने निर्णय भएको हो ।
यसैगरी सरकारले कोरोना संक्रमितको उपचारका लागी केन्द्रमा १ हजार, प्रदेशिक अस्पतालमाहरु १ हजार ९ सय ५७ र ६४९ स्थानीय निकायहरुमा ५र५ बेडका दरले ३ हजार २ सय ४५ गरी जम्मा ६ हजार २ सय २ बेड थप्ने निर्णय गरेको छ ।
शुक्रबारमात्रै देशैभर गरी १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।