निर्माणाधिन आइसोलेसन भवनका लागि मरिण गाउँपालिकाले साढे ५ लाख दिने
सिन्धुलीको मरिण गाउँपालिकाले कोरोना संक्रमित विरामीहरुलाई राख्नको लागि सिन्धुलीमा निर्माण भइरहेको आइसोलेसन भवन निर्माणका लागि तत्कालै ५ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
बिहीबार बसेको गाउँपालिकाको बैठकले सिन्धुलीमा निर्माणाधिन आइसोलेसन भवनको निर्माणमा उक्त रकम तत्कालै सहयोग गर्ने निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्ष पानीराज बम्जनले उक्त निर्णय भएको जानकारी दिए । ‘सिन्धुली सदरमुकाममा निर्माण हुने आइसोलेसन अस्पताल जिल्लाका लागि ज्यादै महत्वको भएकोले जनताको स्वास्थ्यमा ध्यान पुर्याउनुपर्ने भएकाले यो निर्णय गरिएको हो,’ उनले भने, ‘भवन निर्माणका क्रममा बजेट अपुग भए अरु थप रकम प्रदान गर्न पनि सकिन्छ ।