नारायणी एफएम प्रमुखसहित ७ जना संक्रमित, स्टेशन नै आइसोलेसन केन्द्र, रोकीएन सञ्चारकर्म

मूलखबर संवाददाता
काठमाडौं

देशभर उल्लेख्य संख्यामा पत्रकारलाई पनि कोरोना देखिन थालेको छ। यस्तै, वीरगन्जको सामुदायिक रेडियो नारायणी एफएम १०३।८ मेगाहर्जका कार्यरत स्टेशन म्यानेजरसहित ७ जना रेडियोकर्मी संक्रमित भएपछि रेडियोमा नै आइसोलेसनको व्यवस्था गरेर पत्रकारको सेवा गरिरहेको छ। रेडियोका अध्यक्ष गोविन्द देवकोटाले भदौ ४ गते रेडियोमा कार्यरतमध्ये ६ जना साथीहरुले परीक्षण गराउँदा ५ जना संक्रमित भेटिएको बताए।

ुसंक्रमित सबै साथीहरुलाई स्थानीय प्रशासनले फोन गरेर कोभिड अस्पतालमा लैजाने तयारी गरेपछि रेडियो बन्द हुने स्थितीमा पुग्योु, उनले भने, ुरेडियोका सबै साथी अस्पताल गएपछि रेडियो बन्द हुने अवस्था आयो। साथीहरुले आफूहरुलाई कोरोनाको कुनै लक्षण नदेखिएकोले बरु रेडियोमा काम गर्दै रेडियोमा बस्ने बन्दोबस्त गरिदिन आग्रह गरेपछि हामीले रेडियोमा नै आइसोलेसन बनाउने निर्णय गर्यौ।ु रेडियोको मूल मर्म नै आफू जोखिममा रहेको अवस्थामा पनि संकटमा रहेको समुदायलाई सूचना दिन बन्द नगरेको उनले बताए।

रेडियोमा कार्यरत रहेको अवस्थामा संक्रमित भएपछि केही दिन अघिमात्र नेगेटिभ रिर्पोट आएका ३ जना साथीहरु समेत होम क्‍वारेन्टाइनमा बसिरहेको उनले जानकारी दिए। स्तरमा भयावह अवस्थामा फैलिएको छ। नागरिकलाई पलपलमा सूचनाको खाँचो छ। अप्ठ्यारो स्थितिमा संक्रमण भएका पाँच साथीहरुले रेडियोमै आइसोलेशन बनाएर रेडियो संचालन गर्ने निर्णयमा पुगेको देवकोटाले बताए। लगातार सूचना सम्प्रेषण गरिरहेका साथीहरुलाई संक्रमित भएको सूचना पाएपछि देवकोटा आफैं पनि तनावमा छन्। तर, लक्षण नदेखिएका संक्रमित साथीहरुले आफूहरु रेडियोमा बसेर काम गर्न सक्छौ भन्‍ने विश्वास दिलाएको उनले उल्लेख गरे।

ुरेडियोमा कार्यरत साथीहरु संक्रमित हुने क्रम बढ्दो अवस्थामा देखिएको छ। गत साउन १८ गते स्टेशन प्रमुख नै संक्रमित हुनुभयो। उहाँ साउन १९ गते नै कोभिड अस्थायी अस्पताल हेल्थ केयरमा भर्ना हुनुभयो । अस्पताल भर्ना भएको १२ दिनपछि उहाँ कोरोनामुक्त भएर साउन ३० घर फर्किनु भयो। उहाँ हाल घरमा स्वास्थ्य लाभ गरिरहनु भएको छु, उनले भने। साउन २८ गते रेडियोका अन्य ५ जनाले परीक्षण गराएका थिए। जसमा एकजना प्राविधिकलाई संक्रमण देखियो। तर उनको सम्पर्कमा रहेका अरु चारजनाको नेगेटिभ आयो।

उक्त एफएम १५ जना कर्मचारी रहेका छन्। जसमध्ये अहिले ७ जना आइसोलेसनमा र ८ जना साथीहरु होम क्‍वारेन्टाइनमा बसेका छन्। बिरामी भएर आइसोलेसनमा भएर बसेकाले जटिल परिस्थितिको सामना गर्दै सूचना सम्प्रेषण गरिरहेका देवकोटाले बताए। ुरेडियोमा आइसोलेसनमा रहनु भएका शिवनाथ यादवले समाचारका सबै बुलेटिनलाई निरन्तरता दिनु भएको छ।

अहिले रेडियोको आइसोलेसनमा लेखा प्रशासन प्रमुखसहित दुईजना प्राविधिक, एकजना कार्यालय सहयोगी र समाचारमा शिवनाथ हुनुहुन्छु,उनले भने, उहाँहरुले देखाउनु भएको साहस र हौसलाप्रति नमन गर्न चाहन्छु। संक्रमित भए पनि स्टेशन प्रमुखसहितले खेलेको भूमिकाप्रति नतमस्तक भएको छु। अहिले वीरगन्जको समुदायमा कोरोना आतंक छ।

वीरगन्ज देशको भारततर्फ मुख्यद्वार हो। तर, सरकारले वीरगन्जलाई गम्भीर रुपमा नलिँदा देशभर भयावह स्थिति आउन थालेको देवकोटाले बताए। ुदेशका विभिन्‍न क्षेत्रमा यही नाकाबाट खाद्यान्‍नदेखि अन्य सामाग्री पुग्ने गरेको छ। तर, सरकारले यसतर्फ ध्यान दिन नसक्दा देशमा नै गम्भीर संकट पर्न सक्छु, उनले भने। वीरगन्जमा हाल दुईवटा कोभिड अस्पताल छन्।

महानगरले संचालन गरेको गण्डक अस्पताल र प्रशासनले संचालन गरेको वीरगन्ज हेल्थ केयर। क्रमशस् ७० र १२० आइसोलेसन कक्ष रहेका ती अस्पताल पूरै भरिएका छन्। समुदायमा कोरोना फैलिए पनि संघीय र प्रदेश सरकारले यसलाई गम्भीर रुपमा नलिँदा थप जटिलता उत्पन्‍न भएको छ।-थाहाखबरबाट

#हामीलाई_गर्व_छ_संक्रमित_साथिहरुकाे_हाैसला_र_जिम्मेवारी_प्रति
कार्यक्षेत्रमा कार्यरत रहेको अवस्थामा सामुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्जका कार्यरत स्टेशन प्रमुख सहित ७ जना रेडियोकर्मी संक्रमित हुनुभएको छ । गत भदौ ४ गते रेडियोमा कार्यरत मध्ये ६ जना साथिहरुले परिक्षण गराउनु भएकोमा ५ जना संक्रमितको सूचिमा पर्नुभयो । संक्रमित सवै साथिहरुलाई स्थानीय प्रशासनले फोन गरेर कोभिड अस्पतालमा लैजाने तयारी गरेपछि रेडियो वन्द हुने स्थितीमा पुग्यो ।

रेडियोमा कार्यरत रहेको अवस्थामा संक्रमित भएपछि केही दिन अघिमात्र नेगेटिभ रिर्पोट आएका तीनजना साथिहरु समेत होम क्वारेन्टिनमा वस्नु परयो । वीरगंजमा कोरोना संक्रमण समुदाय स्तरमा भयावह अवस्थामा फैलिएको छ । नागरिकलाई पलपलमा सूचनाको खाँचो छ यस्तो अप्ठारो स्थितीमा संक्रमण भएका पाँच जना साथिहरुले रेडियोमा आइसोलेशन वनाएर वस्ने र रेडियो संचालन गर्ने निर्णयमा पुग्नु भयो । संक्रमित भएको सूचना पाएपछि म धेरै तनावमा थिए किनभने रेडियोमा कार्यरत साथिहरु संक्रमित हुनेक्रम बढदो अवस्थामा देखिएको छ । गत साउन १८ गते स्टेशन प्रमुख नै संक्रमित हुनु भयो उहाँ साउन १९ गते नै कोभिड अस्थायी अस्पताल हेल्थकेयरमा भर्ना हुनु भयो । अस्पताल भर्ना भएको १२ दिन पछि उहाँ कोरोना मुक्त भएर साउन ३० घर फर्कीनु भयो । उहाँ हाल घरमा स्वास्थ लाभ गरिरहनु भएको छ ।

साउन २८ गते रेडियोका ५ जना साथिहरुले परिक्षण गराउनु भएकोमा एक जना प्राविधिक भाईलाई संक्रमण देखियो अरु चार जना साथिको नेगेटिभ आएका थियो । अहिले ७ जना साथिहरु आइसोलेसनमा हुनुहुन्छ । ८ जना साथिहरु होम क्वारेन्टिनमा वस्नु भएको छ । यस्तो जटिल परिस्थितीको सामाना गर्दै आइसोलेसनमा रहनु भएका र होम क्वारेन्टिनमा रहनु भएका साथिहरुले जहा वस्नु भएको छ त्यहीबाट रेडियोमा समाचार वनाएर पठाउनु भएकोछ ।

रेडियोमा आइसोलेसनमा रहनु भएका शिवनाथ यादवले समाचारका सवै बुलेटिनलाई निरन्तरता दिनु भएको छ । अहिले रेडियोको आइसोलेसनमा लेखा प्रशासन प्रमुख सहित दुई जना प्राविधिक, एकजना कार्यालय सहयोगी र समाचारमा शिवनाथ हुनुहुन्छ । उहाँले देखाउनु भएको साहस र हौसला प्रति नमन गर्न चाहन्छु । संक्रमित भएपनि स्टेशन प्रमुख देखि अरु साथिहरुले खेलेको भूमिका प्रति सामुदायिक रेडियो नारायणी एफएम संचालक समितिको तर्फबाट तपाईहरुलाई ह्दय देखि धन्यवाद दिन चाहन्छु ।

तपाईहरु स्वंयम जोखिममा रहेर पनि संकटको घडीमा नागरिकलाई सूचना पुराउने काममा तपाईहरुले खेलेको भूमिका सदैव गर्व गर्न लायकको छ । नेपालमा पहिलो पटक संक्रमितहरुले रेडियोमा रहेर नागरिकलाई सुचना दिने काम गर्नु भएको छ । सामुदायिक रेडियोको मुल मर्म नै यहि हो आफू जोखिममा रहेको अवस्थामा पनि संकटपूर्ण स्थितीमा रहेको समुदायलाई सुचना दिन वन्द गरिएन । तपाईहरुको सिघ्र स्वास्थ लाभको कामना गर्दछु ।

गोविन्द देवकोटा
अध्यक्ष
नारायणी एफएम, वीरगंज ।