काेराेना कहर : काठमाडौं उपत्यकामा एक हप्ताकाे लागि निषेधाज्ञा

मूलखबर संवाददाता
काठमाडौं

काेराेना संक्रमण अत्यन्तै बृद्वि हुन थालेपछि काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते भाेली राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको  एक सुरक्षा अधिकारीले जानकारी दिए ।

यसअघि लकडाउन मात्रै कार्यन्वयन गरेको अवस्थामा निषेधाज्ञा कार्यन्वयन गर्न कतिकाे सहज हुने हाे त्याे भने हेर्न बाँकी छ ।