उपमहानगरपालिकाका तीन अधिकृतसहित बुटवलमा १६ जना संक्रमित

मूलखबर संवाददाता
बुटबल, ३२ साउन

बुटवल उपमहानगरपालिकाका तीन अधिकृतसहित १६ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।

यो संख्यासँगै बुटवलमा कुल संक्रमितको संख्या ८० पुगेको छ। तीमध्ये ५६ जना सक्रिय संक्रमित छन् भने २४ जना उपचारपछि निको भएर घर फर्किएको उपमहानगरपालिकाले जनाएको छ।

उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कुन्दनकुमार सिंहका अनुसार उपमहानगरपालिकाका दुई जना शाखा प्रमुख हुन् भने र एकजना अधिकृतस्तरका सहायक शाखा प्रमुख हुन्।

त्यस्तै आइतबार कोरोना पुष्टि भएका बाँकी १३ जना वडा नम्बर ११ कालिकानगर र देवीनगरका रहेको सिंहले जानकारी दिए।

देवीनगर र कालिकानगरका १३ जना संक्रमित पनि पारिवारिक नातेदार रहेको उपमहानगरपालिकाले जनाएको छ। बुटवलमा पहिलो पटक यति धेरै संक्रमित थपिएको सिंहले बताए।