लिदी पहिरोमा राहत दिएर मात्रै हुन्न, दोषीलाई कार्वाही गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ
सत्तारुढ दल नेकपा प्रबक्ता तथा राष्ट्रिय सभाका सांसद नारायणकाजी श्रेष्ठले सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा गएको पहिरो प्राकृतिक विपत्तिमात्रै नभएर मानविय अपराध समेत भएको बताउँदै दोषीमाथि कार्वाहकिो माग गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा शनिवार एक स्टाटस सार्वजनीक गर्दे पुर्व मन्त्रीसमेत रहेका श्रेष्ठले बिपद सुनिश्चित जस्तै भएकोले बस्ती सारेर जोखिम बाट बचाउनु पर्ने निष्कर्ष पहिले नै आधिकारिक रुपमा निकालि सकिएको अवस्थामा स्थानिय जनताको आग्रहलाई समेत वेवास्ता गरिएकाले सोको लागि छानविन गरी दोषी पत्ता लगाई कार्वाही गर्नुपर्ने उल्लेख गरेका हुन् ।
श्रेष्ठले लेखेका छन्- उद्दार ,राहात र तथाकथित क्षतिपुर्तिमा मात्र सिमित भएर पुग्दैन, अनुसन्धान गरेर दोषी माथि कडा भन्दा कडा कार्बाही गर्ने निर्णय गरिनुपर्छ। यो बिनाको फोश्रो श्रद्दाञ्जली र समवेदनाको अर्थ रहनेछैन।
श्रेष्ठको स्टाटस-
सिन्धुपाल्चोकको जुगल लिदीमा हिजोको पहिरोले गाँउ नै बगाएर भएको ठुलो जन धनको क्षतिको जिम्मेवारी कसले लिने ? किनकी बिपद सुनिश्चित जस्तै भएकोले बस्ती सारेर जोखिम बाट बचाउनु पर्ने निष्कर्ष पहिले नै आधिकारिक रुपमा निकालि सकिएको थियो। स्थानीय सरकार र जनताले त्यस्तो माग गर्दै आएका थिए । तसर्थ उद्दार ,राहात र तथाकथित क्षतिपुर्तिमा मात्र सिमित भएर पुग्दैन, यसको अनुसन्धान गरेर दोषी माथि कडा भन्दा कडा कार्बाही गर्ने निर्णय गरिनु पर्छ। यो बिनाको फोश्रो श्रद्दाञ्जली र समवेदनाको अर्थ रहनेछैन। अन्यथा यस्ता घटनाहरु अहिले जसरी नै दोहोरिरहनेछन् । अत: सरकारले तत्काल गम्भीर कदम चालोस् भनी अनुरोध गर्दछु ।